काठमाडौं असार ६ । निजीकरण गरिएका तर हाल बन्द अवस्थामा रहेका उद्योगहरु सरकारले चलाउने भनी उद्योग मन्त्रीले सार्वजनिक गरेका छन् । सरकारी स्वामित्वमा रहेका उद्योगहरु नचलेका र सही व्यवस्थापन गर्न नसकिएको भन्दै यस अघि निजीकरण गरिएका थिए ।
तर सरकारले अपेक्षा गरेअनुरुप ती निजीकरण गरिएका उद्योगहरु फस्टाउन त सकेनन् नै, बरु उल्टै बन्द भएका छन् । उद्योग सञ्चालनका लागि न त प्रस्ट सरकारी नीति तथा कार्यक्रम छ, न त त्यसको विकल्प वा विकल्पको खोजी नै ।

यस्तो अवस्थामा नेपाल सरकारका उद्योग मन्त्रीले निजीकरण गरिएका ती उद्योगहरु सरकारीकरण गरेरै भएपनि सञ्चालनमा ल्याउने वचन दिन थालेका छन् । उद्योग मन्त्री मात्रिका यादवका अनुसार पहिले भृकुटी कागज कारखानाबाट उक्त कदम चालिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर