नेपाल–जापानबीच सिधा वायुसेवा सुरु

नेपाल–जापानबीच सिधा वायुसेवा सुरु

काठमाडौं, असार ६ । नेपाल सरकार र जापान सरकारका बीचमा टोकियोमा सम्पन्न एक वार्तामा नेपाल र जापानबीच सिधा हवाइ सेवा सुचारु गरिने सहमति भएको छ । यो सहमतिअनुसार हप्तामा दुईदुई पटक मात्र सुचारु रहेको हवाई सेवा अब सातामा १चौध चौध उडान भरिने भएको छ ।

यो सहमतिले नेपाल जापान हवाई सेवा मार्फत् थप नयाँ सम्पर्क र सम्बन्धलाई यसले बल पुर्याउने भएको छ । हालै मात्र नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेस्क्यु फायर उपकरण थप गरिने पनि बताइएको छ । यसका साथै फायर कमाण्ड भेहिकल प्रयोगमा ल्याइएको पनि बताइएको छ ।

पछिल्लो सहमतिले नेपालको औद्योगिक तथा पर्यटन व्यवसाय अन्य देशहरुसँग पनि सिधै र सजिलै जोड्न सकिने भएको छ ।