काठमाडौं, असार ६ । यस वर्षको एसईई परीक्षाको नतिजा बुधबारनै सार्वजनिक हुने भन्ने व्यापक हल्ला भएसँगै परीक्षा नियन्त्रण कार्यालयबाट यो सही नभएको बताएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार अहिले रुजु गर्ने काममै व्यस्त छौं । त्यो काम सकिए पछि नतिजा प्रकाशन गर्न केही नलागेपनि ४–५ दिन अझै लाग्न सक्छ उनले बताए ।
उनले बजारमा चलेको हल्ला र त्यसले विद्यार्थी तथा अभिभावकलाई दिएको तनावलाई मध्यनजर गर्दै प्रहरीमा उजुरी समेत गरिएको बताए । यस वर्षको एसईई परिक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।































