कोरियामा फेरि एक नेपालीको मृत्यु

कोरियामा फेरि एक नेपालीको मृत्यु

काठमाडौं, असार ६ । इपीएस मार्फत दक्षिण कोरिया गएका एक नेपालीको औद्योगिक दुर्घटनामा परि मृत्यु भएको छ ।

मोरङ बेलबारी लक्ष्मीमार्ग स्थायी घर भएका बलकुमार राई दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत थिए ।

दाना पकाउने भाँडामा ग्यास ओभर भएर पड्किँदा तातो ग्यास र पाउडरले पोलेर राई घाइते भएका थिए । उनलाई घटना घटे लगत्तै तुरुन्तै भुसान अस्पताल लगिए पनि मंगलबार राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो ।