खुलेन नेपाल मलेसिया हवाई सेवा

प्रकाशित मिति : २०७५ असार ६

काठमाडौं,  असार ६ । मलेसियाले नेपाली मजदूरहरुलाई ‘इमिग्रेशन’ रोक लगाएपछि गरिएका पछिल्ला प्रयासहरु बिफल भएपश्चात् नेपालबाट मलेसिया र मलेसियाबाट नेपाल हवाइ आवतजावत नै बन्द हुन पुगेको छ ।

यात्रुहरु नभएपछि दुई देशीय हवाई आवागमन बन्द हुन पुगेको नागरिक उड्डयन विभागले जनाएको छ ।
नेपाली मजदूरहरु प्रत्येक महिना १० हजारका दरले मलेसियामा काम गर्न जाने गरेका थिए । मलेसियाली नेपालमा धेरै नआए तापनि नेपाली कामदारहरुको फिर्ती नै दुई देशीय हवाई सेवाको पर्याप्त यात्रुहरु बन्ने गरेका थिए ।

नेपाली अधिकारीहरुले मलेसियाली सरकारसँग कूटनीतिक तहमा वार्ता संवाद चलिरहेको बताए पनि वार्ता संश्लेषणमा पुग्न सकेको छैन ।