नेयमारको चोटले ब्राजिललाई तनाब

नेयमारको चोटले ब्राजिललाई तनाब

काठमाडौं, असार ६ । जारी विश्वकप फुटबलमा ब्राजिलले समुह चरणको अझैं दुई वटा खेल खेल्न बाँकी रहेको अवस्थामा ब्राजिललाई अर्को तनाब थपिएको छ । त्यो हो ब्राजिलियन स्टार खेलाडी नेयमानरको खुट्टामा लागेको चोट ।

आउँदो शुक्रबार हुने कोस्टारिकासँगको खेलको टे«निङ चलिरहँदा उनको खुट्टामा अचानक समस्या देखिएको थियो । खुट्टामा चोट लागेको आशंका भए लगत्तै नेयमारले प्रशिक्षण मैदान छाडेका थिए भने यो विषयमा ब्राजिलियन प्रशिक्षकले फरक धारणा व्यक्त गरे । उनले भने स्वीजरल्याण्डविरुद्धको खेलमा धेरै खेलाडीहरुले नेयमारलाई फल गरे ।

अहिलेको अवस्थालाई हेर्ने हो भने पहिलो खेलमै बराबरी खेल्नु पर्दा ब्रजिल उच्च दबाबमा रहेको छ । र टप १६ मा पुग्न ब्राजिललाई अबको गेमहरु जित्नै पर्ने दबाव पनि देखिन्छ । यो स्थितिमा मिडियाका रिपोर्टकाअनुसार नेयमार शुक्रबार हुने खेलको टिम ११ मा नहुने बताइएको छ ।