राष्ट्र संघीय मानवअधिकार परिषद्बाट बाहिरियो अमेरिका

राष्ट्र संघीय मानवअधिकार परिषद्बाट बाहिरियो अमेरिका

काठमाडौं, असार ६ । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका राष्ट्र संघीय मानवअधिकार परिषद्बाट बाहिरिएको बताएका छन् । राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हलीले परिषद् कुनै कामको नभएकोे बताएकी छन् । परिषद् पुनर्गगठन गर्नु पर्नेमा जोड दिंदै हलीले भनिन् अमेरिकाले यसको नाम र काम परिवर्तन गर्न पहिल्यैदेखि सुझाइएको थियो ।

अमेरिकामा प्रवेश गरेका आप्रवासीहरुका बाआमाबाट केटाकेटीहरु छुट्टयाएर उनीहरुमाथि कार्यवाही पछि विश्वको ध्यान अमेरिकाको मानवीय समवेदनाहीनतामा केन्द्रित भएको थियो । तर अमेरिकाले परिषद् इजराइलप्रति पूर्वाग्रही रहेको उल्लेख गर्दै मानवअधिकारका उल्लंघनकर्ताको अभियोग लाग्ने चीन, क्युबा, भेनेजुयला र कंगो पनि यसका सदस्य रहेको बताएको छ ।

‘यो कदम मानवअधिकारलाई हियाउने ढोंगी संस्थाको हिस्सा नबने गरी हाम्रो प्रतिवद्धताअनुसार लिएका हौं,’ हलीले थप प्रष्ट पार्न प्रयास गरिन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि परिषद्को आलोचना गर्दै भने ‘कुनै समयमा परिषद्सँग ठूलो सोंच भएपनि अहिले यो सामान्य मानव अधिकारको रक्षा गर्नसमेत असक्षम भएको छ ।’