काठमाडौं, जेठ २ । शनिवार आयोजित ‘सी’ समूहको खेल अन्तर्गतको प्रतिस्पर्धामा फ्रान्सले अष्ट्रेलियालाई हराएको छ

फ्रान्सले अष्ट्रेलियालाई १ का विरुद्ध २ गोल प्रहार गर्दै हराएको हो । यो जीतलाई फ्रान्सको विजयको ढोकाको रुपमा हेरिएको छ ।
निकै प्रतिस्पर्धा भएको खेलको ५८औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत् पहिलो गोल गर्ने मौका पाएका थिए ।

तर त्यसको जवाफ फर्काउँदै अष्ट्रेलियाका जेडिनाकले पनि ६२औं मिनेटमा पेनाल्टी सुट पाएर गोल गरी जवाफ दिने मौका पाए । फ्रान्सका स्यामुअलले ‘ह्याण्ड’ गरेपछि अष्ट्रेलियाले पेनाल्टीको मौका पाएको थियो ।

खेलको ८१औं मिनेटमा फ्रान्सका पाउलले गोल गरेपछि अष्ट्रेलियालाई फ्रान्सले १ का विरुद्ध २ गोलले अग्रता दिलाएको थियो । बाँकी समयमा खेल निकै प्रतिस्पर्धामा अघि बढे पनि अष्ट्रेलियाको १ का विरुद्ध फ्रान्सको २ गोल नै निर्णयक बन्न पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर