२१ औं विश्वकपमा फुबल प्रतियोगितामा आयोजक रसियाको रोचक सुरुआत

२१ औं विश्वकपमा फुबल प्रतियोगितामा आयोजक रसियाको रोचक सुरुआत

काठमााडौं । आफ्नै घरेलु मैदानमा उत्रिएको आयोजक रसियाले उद्घाटन खेलमै आफ्नो प्रतिस्पर्धी साउदी अरेबियालाई ५–० ले पाजित गरेको छ । निकै फराकिलो गोल अन्तरले साउदी अरेयिबालाई हराएर रसियाले सन् २०१८ को विश्वकप फुटवलको रोचक सुरुआत गरेको छ ।

फिफा बरियता क्रममा कमजोर मानिने रसियाको यो सुखद सुरुवात पनि हो । बिहीबार राति पौने ९.० बजे सुरु भएको उक्त खेलमा डेनिस चेरसेबले २ गोल तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोबिनले १,१ गोल गरी विजयी सरुआतलाई अघि बढाएका थिए ।

रसियाली खेलाडीहरुले खेलको १२ औं मिनेट, ४३ औं मिने र ७१ औ मिनेटमा तीन गोल गर्न सफल भएका थिए भने अन्तिमका २ गोल खेलको इन्जुरी समयमा गरिएको थियो ।