काठमाडौं । यस वर्षको मनसुनी वर्षाकोे आगमनसँगै काठमाण्डौं उपत्यकामा रोपाइँ सुरु भएको छ । कुलो वा नहरबाट सिंचाइ नगरी आकाशे पानीको भरमा काठमाडौं भ्यालीको धेरैजसो ठाउँमा धानको खेती गरिन्छ ।
काठमाडौंमा रहेका वागमती, विष्णुमति, मनोहरा, गुह्येश्वरी, शाली आदि नदीहरु ढल मिसाइएका कारणले ती नदीबाट कुलो खनी सिञ्चाइ गर्ने गरिएको छैन । चारैतिर गगनचुम्बी घर बनेका र बाक्लो वस्तीका कारणले कुलो ल्याउन पनि नसकिने भएकाले आकाशे पानीका भरमा धान खेती गरिदै आएको स्थानीय किसानहरु बताउँछन् ।
नदीका मुहानतिर कम प्रदुषित भएको पानी त्यस नजिकै बसेका किसानले प्रयोग गर्ने गरे तापनि ढल मिसिएको प्रदुषित पानी हालसम्म प्रयोगमा आएको छैन ।
काठमाडौं उपत्यका आफैमा मलिलो र उर्वराशील भएकाले आकाशे पानीको भरमा गरिने धान खेतीले पनि निकै उत्पादन दिने गरेको छ ।