विश्वकपमा विजेता र समूह चरणबाट बाहिरीने टोलीले कति रकम पाउछन् ?

विश्वकपमा विजेता र समूह चरणबाट बाहिरीने टोलीले कति रकम पाउछन् ?

काठमाडौं, जेठ २९ । विश्वकप फुटबल अन्तर्राष्ट्रिय इभेन्टहरुमध्यैकै सबैभन्दा बढी धनराशी पुरस्कार भएको प्रतियोगिता हो । यो पटक रसियामा हुन गइरहेको फिफा विश्वकप फुटबलको समग्र बजेट ७९ करोड १० लाख डलर रहेको छ । फिफाले निश्चित गरेअनुसार यो वर्षको विश्वकप खेल्ने टोलीका लागि कूल पुरस्कार रकम ४० करोड अमेरिकी डलर तोकिएको छ ।

फिफाकाअनुसार समूह चरण खेलेर बाहिरिने १६ टोलीले ८० लाख डलरका दरले पुरस्कार पाउनेछन् । समूह चरणबाट १६ टोलीले प्रतिटोली ८० लाख डलर लिएर बाहिरिनेछन् भने १६ वटा अन्तिम १६ मा पुग्नेछन् ।

त्यसपछि अन्तिम १६ बाट ८ वटा टोली क्वाटरफाइनलमा पुग्नेछन्, ८ वटा बाहिरिनेछन् । यो तहबाट बाहिरिने ८ टोलीले प्रतिटोली १ करोड २० लाख डलरका दरले पुरस्कार पाउनेछन् ।

क्वाटर फाइनलबाट ४ टोली सेमिफाइनलमा पुग्नेछन्, ४ बाहिरिनेछन् । यो तहबाट बाहिरने टोलीले प्रतिटोली १ करोड ६० लाख डलर पुरस्कार पाउनेछन् । सेमिफाइनल खेल्ने चार टोलीमध्येबाट यो विश्वकपको चौथो, तेस्रो, दोस्रो र च्याम्पियन टोली घोषणा हुनेछ ।

चौथो हुने टोलीले २ करोड २० लाख अमेरिकी डलर पाउनेछ । तेस्रो हुनेलाई २ करोड ४० लाख डलर दिइनेछ । दोस्रो हुनेले २ करोड ८० लाख हात पार्नेछ भने च्याम्पियन टोलीले ३ करोड ८० लाख अमेरिकी डलर पाउनेछ । सँगै विजेताले १८ क्यारेट सुनको ट्रफी पाउनेछन् ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल जर्मनरीले जित्दै ३ करोड ५० लाख डलर हात पारेको थियो । यो पटक समूह चरणबाहेक अन्य तहको पुरस्कार राशी बढेको छ । विश्वकप विजेता टोलीका लागि ३० लाख अमेरिकी डलर बढाएर ३ करोड ८० लाख डलर पुर्याइएको छ । दोस्रो हुनेको पुरस्कार रकम पनि ३० लाख डलर नै बढाइएको हो ।