नेकपा (क्रान्तिकारी माओवादी) रामेछापको जिल्ला भेला सम्पन्न

प्रकाशित मिति : २०७५ जेष्ठ २९

रामेछाप । नेकपा (क्रान्तिकारी माओवादी) रामेछापको जिल्लाभेला सोमवार सम्पन्न भएको छ । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका फर्पूमा सम्पन्न भएको भेलामा केन्द्र, प्रदेश र जिल्ला लगायतका नेता, कार्यकर्ता र जनसमुदायको उपस्थिति रहेको थियो ।

रामेछाप जिल्ला सेक्रेटरी लाङ्घालीको अध्यक्षता र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टी स्थायीसमिति सदस्य सी. पी. गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलालाई प्रमुख अतिथि गजुरेलले सम्बोधनको सुरुमा विभिन्न परिवर्तनकारी आन्दोलनहरुमा रामेछापले खेलेको भूमिकालाई स्मरण गर्नुभयो । उहाँले पछिल्लोे चरण दश वर्षे जनयुद्धमा रामेछाप वासीहरुले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभारलाई पूरा गर्न अग्रभागमा उभिन रामेछापवासीलाई आह्वान गर्नुभयो ।

वाम एकता र समृद्धिको नाममा ओली र प्रचण्डले जनतालाई झुक्याई देशलाई अनिर्णयको बन्दी बनाउँदै लगिरहेको र हरेक दिन चुलिंदै गएको महङ्गीले जनताको दैनिक जीवनयापन निकै कठीन भएको बताउनु भयो । उहाँले महङ्गी बढाएर भ्रष्टाचार र कालो बजारीलाई प्रश्रय दिइरहेको कुरा समेत् उपस्थित सबैसामु छर्लङ्ग पारिदिनु भयो ।

भेलालाई सम्बोधन गर्दै हाल रामेछापका इञ्चार्ज गगन खड्कीले भन्नुभयो– ‘रामेछापका जनताका सामु फेरि पनि आइपर्ने नयाँ अभिारा जिम्मेवारीपूर्वक बहन गर्न हामी तयार छौं । यहाँको पार्टी जिल्ला समिति त्यसको अगुवाई गर्न तयार छ । र, तदनुरुपको सुझबुझ भएको नेतृत्वदायी टिम हामीसँग छ ।’ वगर्नसक्ने एतिहासको यस घडीमा

उक्त भेलाले लाङ्घाली मगरलाई सेक्रेटरी चयन गर्दै १५ सदस्यीय जिल्ला संगठन समिति सर्वसम्मतद्वारा निर्माण गरेको छ ।