संयुक्त हस्ताक्षरसँगै किमलाई अमेरिका भ्रमणको निम्तो

संयुक्त हस्ताक्षरसँगै किमलाई अमेरिका भ्रमणको निम्तो

अन्तर्राष्ट्रिय रुपमै निकै चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ बीचको शिखर वार्ता सफल भएको छ । दुई राज्यका प्रमुखहरुले वार्ता सिद्धिए लगत्तै संयुक्त दस्तावेजमा हस्ताक्षर पनि गरेको छन् । सिंगापुर हस्ताक्षरपछि ट्रम्पले किमलाई ह्वाइट हाउसको निम्तो दिएको समाचार संस्था रोयटर्स मार्फत् सावैजनिक भएको छ ।

ऐतिहासिक शिखर भेटवार्तापछि दुई नेताले हस्ताक्षर गरेको समझदारी पत्रमा के छ, त्यसको विस्तृत विवरण भने खुलाइएको छैन । अर्कोतिर हस्ताक्षरपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कोेरियाली प्रायद्वीपमा उत्तर कोरियाको अनआणविकीकरण प्रक्रियासँगै नयाँ आयाम सुरु हुने पनि बताएका छन् । यो पहिलो भेटपछि अब बारम्बार आफूहरू भेट हुने बताएका ट्रम्पले जी–७ को शिखर सम्मेलनलाई भन्दा यो शिखर वार्तालाई बढि महत्व दिन पुगेका छन् ।

४५ मिनेट चलेको शिखर वार्ता बारम्बार प्रतिनिधि मण्डलस्तरीय वार्ता पछि नेताहरुबीच एक्लाएक्लै भेटवार्तामा परिणत भएको थियो । वार्तापछि वार्तास्थलबाट उनीहरु सँगसँगै बाहिरिएका थिए ट्रम्प आफैले पत्रकार फेस गरिरहेका बेला आफूहरूबीच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराएका थिए । पत्रकार सामु भनेका थिए ‘मलाई एकदम खुसी लागिरहेको छ । हामीबीचको सम्बन्ध शानदार हुने छ, यसमा मलाई कुनै शङका छैन ।’

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग ऐतिहासिक एक्ला एक्लै वार्ता गरेका हुन्।् ।