काठमाडौं, जेठ २८ । फ्रान्सको पेरिसस्थित क्ले कोर्टमा सम्पन्न ओपन टेनिस फाइनल नाडाल फेरि चम्किए । उनले डोमिनिकलाई ६-४, ६-३ र ६-२ को सोझो सेटमा पराजित गरे । यो जीतपछि उनले १७ औं पटक ग्राण्डस्लाम उपाधि हात पार्न सफल भए ।
उमेरका हिसाबले ३२ वर्षे नाडाल विश्वका सबैभन्दा धेरै ग्राण्डस्लाम उपाधि हात पार्ने खेलाडीको सूचीमा अग्रपङ्क्तिमा आउँछन् । उनी यो अग्रपङ्क्तिमा दोस्रो स्थानका खेलाडी हुन् । शीर्ष स्थानमा स्वीट्जरल्याण्डका ३६ वर्षीय रोजर फेडेरर रहेका छन् । फेडेररले भने २० पटक ग्राण्डस्लाम उपाधि जितिसकेका छन् ।