ललितपुर, जेठ २५ । ललितपुरको दुई वटा छुट्टाछुट्टै स्थानमा रहेको कुखुरा फर्ममा बर्डफ्लू भेटिएको छ । बडिखेल–४ स्थित रामप्रसाद पहारीको पोल्ट्री फर्ममा बर्डफ्लू देखिएको हो ।
त्यसै ललितपुरकै गोदावरी नगरपालिका–२ महादेव डाँडामा रहेको अनु थापाको फर्मका कुखुरामा पनि बर्डफ्लू देखिएको जिल्ला पशु सेवा कार्यालयाका प्रमुख मोगलप्रसाद साहले जानकारी दिए ।
बडिखेलमा बर्डफ्लू भेटिएपछि सबै कुखुरा नस्ट गरिसकिएको साहले बताए । तर नष्ट गरिएका कुखुराको संख्या भने एकीन नभएको सातदोबटो प्रहरी बृत्तका डीएसपी बिनोद सिलवालले जानकारी दिए ।
बर्डफ्लू भएको पत्ता लागेपछि कुखुरा नष्ट गर्नका लागि बर्डफ्लू संक्रमित दुईवटै फर्ममा दुईवटा पशुस्वास्थ्यको टोली परिचालित भएको प्रमुख साहले बताए ।






























