काठमाडौं, जेठ २५ । पश्चिम सेतीको जलविद्युत आयोजना चिनियाँ कम्पनी थ्रिगर्जेजलाई दिइएको भए तापनि उक्त कम्पनीले सेतीको जलविद्युत निर्माणमा त्यति चासो दिएको छैन । पछिल्लो चरणमा एक त पूर्व सर्भेअनुसार सामाग्री महङगिएका छन्, अर्को पहिलेको सर्भे पनि त्यति फिजिबल नभएको भनी पस्चिम सेतीमा सम्झौता अनुसार थ्रीगर्जेजले गर्न नसक्ने बताएको छ ।
तर कर्मचारीहरु तथा नेपाली पक्षभने यो सहमति क्यान्सिल नभइसकेको बताइरहेका छन् । सहमतिअनुसार काम अघि नबढाएपछि सरकारी पक्षबाट सोधपुछ र थप कुराकानी पनि भएको बताइएको छ । कुराकानीका क्रममा गर्जेजले यदि सहमति कार्यान्वयन गर्ने हो भने आफ्ना थप माग पूरा गर्नुपर्ने भनाइ राखेको बताइएको छ ।
गर्जेजका अनुसार पहिलेको सर्भे र अनुसन्धान फिजिबल पनि रहेको छैन । सम्झौतामा गरिएको बजेटले सर्भेलाई फिजिबल बनाउन सक्दैन ।
यस आर्थिक वर्षमा प्रस्तुत बजेटमा अर्थमन्त्रीले पश्चिम सेती नेपाली लगानीमा गर्ने भनी उल्लेख गरेका छन् ।






























