काठमाडौं, जेठ २४ । आमाको दूध बच्चाले चाहना गर्दासम्म वा ६ या ७ वर्षसम्म पनि चुसाउँदा राम्रो हुने पछिल्लो अनुसन्धानले देखाएको स्वास्थ्य विशेषज्ञहरुले जनाएका छन् । बेलायतमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार ६ या ७ वर्षसम्म पनि बच्चालाई दूध चुसाउँदा आमा र बच्चा दुवैलाई फाइदा हुने तथ्य पत्ता लागेको छ ।
यसरी बच्चालाई दूध चुसाउँदा आमालाई हुनसक्ने स्तन क्यानसर, डिम्बाशय क्यान्सर जस्ता रोगहरुमा उल्लेख्य कमी आउने बताइएको छ । अर्कोतिर यसले बच्चामा हुने कुपोषणमा निकै कमी ल्याउँछ ।
साधरणतया विश्वभरि नै जुनसुकै बच्चालाई पनि तीन वर्षसम्म आमाको दूध चुसाइन्छ । र, बच्चा ६ महिना उमेरको भएपछि विश्वमा जहाँ पनि आमाको दूध र ठोस आहारा दिने गरिन्छ ।