नेपालको राजनैतिक इतिहास र वर्तमान ः संक्षिप्त सिंहावलोकन -पुष्पगोपाल श्रेष्ठ

प्रकाशित मिति : २०७५ जेष्ठ २३

सदिऔंदेखि भन्नुको मतलब (अर्थ) विशेषतः बृटिश साम्राज्यवाद (इष्ट इन्डिया कम्पनी) सँग सुगौली सन्धि गरेदेखि यता नेपालका सत्तासीनहरुले नेपालको राष्ट्रिय–स्वाधीनता, जनजीविका र जनसरोकारका अत्यन्तै सम्वेदनशील विषय वस्तुमाथि निर्लज्ज ढङ्गले खेलवाड गर्दै, आफ्नो स्वार्थसिद्ध गर्न विदेशी शक्तिसामु बिना हिच्किचाहट प्रायजसो लम्पसार पर्दै आइरहेको स्थिति देख्नमा आउँछ । वीर पूर्खाका सन्तानहरु कतिपय त अवोध बालकहरुद भैंm अचेतन अवस्थामा सामन्ती सोचमा डुबेर ‘भगवान भरोसा’ भन्दै निधारमा हत्केला राखेर झोक्राएर बसिरहेको स्थितिको झझल्को पनि आउने गर्छ । तर, यसो भनेर आजसम्म नेपाली भूमिभित्र कुनै पनि नेपालका नेपालीहरु राजनैतिक रुपले र अरु कुनै पनि रुपले (अर्थमा) पराधीन भएर गुम्सेर वा गुलामी (गरेर) जीवनयापन गर्नु परेको इतिहास छैन । नेपालको इतिहासमा स्वतन्त्र सार्वभौमसत्तासम्पन्न, भूअखन्ड नेपाली भूमिमाथि साम्राज्यवादीहरुले बेलाबखत गिद्धेदृष्टि गाड्नु मात्र होइन, अपितु नेपाली भूमिमाथि आफ्नो अधिपत्य जमाउने कुचेष्टाका साथ सैनिक आक्रमणमा समेत नउत्रेका हैनन्, उत्रेकै हुन् । हाम्रा पूर्वज वीरवीराङ्गनहरुको देशभक्ति र आफ्नो मातृभूमि नेपालको लागि आत्म वलिदानीपूर्ण जुझारु साहसिक प्रत्याक्रमण सामु टिक्न नसकी लुते कुकुरले भैंm आफ्नै कण्डामुनि शीर लुकाई कुक्रुक्क परी भागेको र भगाइ पठाएको हाम्रोसामु जिउँदो इतिहास छ ।

नेपालको गौरवपूर्ण इतिहासलाई धज्जी–उडाउँदै महत्वाकाङ्क्षी राजा पृथ्वीनारायण शाहदेवले आफ्नो महत्वाकाङ्क्षी इरादा पूरा गर्न अनैतिक तौरतरिकाका अनेकौं छलकपटपूर्ण नीति अपनाई, नेपाली भूमिभित्र आन्तरिक उपनिवेश खडा गरी, नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको राजनैतिक, आर्थिक, सामाजिक तथा धार्मिक जस्ता सम्पूर्ण नैसर्गिक अधिकारहरु बलजफ्ति हनन् गरी शोषण, दमन र उत्पीडनको हथ्कन्डा मच्चाई आपूmले सिर्जना गरेको आन्तरिक उपनिवेशिक एकात्मक केन्द्रिकृत राज्यसत्तालाई दरिलो र दीगो पारी टिकाइ राख्न, नेपाली अनुहारका ती जो आफ्नो व्यक्तिगत स्वार्थको निमित्त नेपाल राष्ट्र र राष्ट्रियताको स्वतन्त्र अस्तित्वलाई त्याग्न तयार पद, प्रतिस्ठा र सम्पत्तिको निमित्त हुरुक्क हुने लोभीपापी मानसिकताका खस बाहुन क्षेत्री समुदायभित्रका जो कोही जमात् तथा गुरुपुरेतहरुलाई साथ लिएर एकछत्र निरङ्कुश तानाशाही शासन कायम गरी नेपाल राष्ट्र र राष्ट्रियतालाई अस्तव्यस्त पारेका थिए ।

त्यसैगरी जङ्गबहादुर राणा (कुँवर) ले पनि उही शाहवंशीय राज्य–सत्ताको धरातलमा टेकी बृटिश साम्राज्यवादको ताबेदारी गर्दै नेपालमा आफ्नो जहानियाँ निरङ्कुश तानाशाही शासन लादेर १०४ वर्षसम्म नेपाल र नेपालीलाई दोहन गरी पूरै मोज–मस्तिकासाथ ऐयासी जीवनयापन गर्दैआएका थिए । शाहवंशीय कब्जामा रहेको नेपालको राज्यसत्ता खोस्न सफल राणा शासक वर्गले, तत्कालिन नेपाली समाजमा अत्यन्तै गहनरुपले भित्रैसम्म जरा गाडेर बसेको अध्यात्मवादी छाप अर्थात् राजा भनेको विष्णुका अवतार (साक्षात् परमेश्वर, नारायण देवता) हुन् भन्ने अध्यात्मवादी मनोभावनामा ठेस नपर्ने गरी बडो चलाकीपूर्ण तरिका अपनाई, राजा (राजतन्त्र) लाई मात्र देखावटीको रुपमा श्री ५ महाराजाधिराज सरकार भन्ने शब्द अलङ्कार यथावत् कायम राखी शाहवंशीय राजाहरुलाई भित्रभित्रै पूर्णरुपले सुरासुुन्दरीहरुको पूर्ण–विलासिताको महाजालमा फसाई, राज्यको शासन–सत्ता पूरै कब्जा गरी नेपाली आम जनतामाथि मनोमानी ढङ्गले शोषण, दमन र उत्पीडनको बल–वृत्तामा मनोमानी तरिका अपनाई निरङ्कुश तानाशाही शासन लाद्न सफल जनहानियाँ राणा शासनका अन्तिम सरकार प्रमुख मोहन शमशेरको पालासम्म आइपुग्दा अन्ततः जनताको आक्रोशसामु नतमस्तक भई घुँडा टेक्न बाध्य हुन पुगेका थिए ।

यद्यपि २००७ सालमा भएको सशस्त्र जनक्रान्ति नेपाली काँग्रेसको नेतृत्वमा भएको थियो भनी भन्ने गरे तापनि, त्यति बेलाको राजनैतिक वस्तुस्थिति नियाली हेर्ने हो भने नेपाली काँगे्रस त जनक्रान्तिको अग्रभागमा देखिएको मात्र हो कि भन्ने आभाश मिल्न आउँछ । किनभने, भित्री कारक तत्व त अर्कै देख्नमा आउँछ । अर्थात् नेपालका निरङ्कुश तानाशाही शाहवंशीय तथा जहानियाँ राणा तानाशाही सरकारहरुको अतिशय दमन, शोषण र उत्पीडनमा परी आजित भई बसेका आम जनसमुदायमा, ती निरङ्कुश तानाशाही सरकारहरुविरुद्ध निर्भिकताका साथ राजनैतिक क्रान्तिको ज्वालामा लामबद्ध पार्न राजनैतिक चेतना जगाउन महान वीर शहीद गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र दशरथचन्दहरु जस्ताले खेलेको क्रान्तिकारी भूमिकाबाट प्रभावित र प्रशिक्षित भई नेपालमा विकसित हुँदै आइरहेको राजनैतिक वस्तुस्थितिको फाइदा उठाउने दुराशयपूर्ण मानसिकताका साथ नेहरुले बडो चलाकीपूर्ण तौरतरिका अपनाउँदै क्रान्तिकारी अाँधिबेहरी उठ्न उठ्नै लागेको स्थितिलाई नेहरुले आफ्नो अनुकूल हुने गरी लपेट्न सफल भएको प्रष्ट देखिन आउँछ ।

ब्रिटिश साम्राज्यवादी जंजिर (उपनिवेश) मा जकडिएर बस्न बाध्य भारत, दोस्रो विश्वयुद्धताका चलेको उपनिवेशवाद विरुद्ध हावाहुरी र भारतीय राष्ट्रवादी भगतसिं र सुभाषचन्द्र वोस जस्ता सपुतहरुको त्याग, तपस्या र आत्मबलिदानीपूर्ण क्रान्तिकारी भूमिकाको राप र तापबाट जागृत भारतीय जनता, महात्मा गान्धिका साथ सशक्त रुपले संघर्षमा उत्रेर प्राप्त भएको उन्मुक्तिबाट टाउको उठाई, चतुर भारतीय जवाहरलाल नेहरुले आपूmलाई ब्रिटिश साम्राज्यवादको अघोषित उतराधिकारीको रुपमा प्रस्तुत गर्दै, भारतीय विस्तारवादी नीति नेपालमाथि लाद्ने दुराशयपूर्ण सोचकासाथ, नेपालको राजदरबार (नारायण हिटी) भित्र जहानियाँ राणा सरकारले शाहवंशीयदराजा त्रिभुवन वीर विक्रम शाहदेवलाई सुरासुन्दरीहरुको महाजालभित्र कैद गरिराखेकालाई उन्मुक्ति दिलाउने नाउँमा आफ्नो दूराशयपूर्ण स्वार्थ सिद्ध गर्न राजा त्रिभुवनलाई, भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले वास्तविक राजा हुनुको इच्छा जगाउन गोप्य मन्त्रणासाथ, एक विशेष भारतीय दूतलाई राजदरबारभित्र प्रवेश गराई, राजा त्रिभुवनलाई प्रशिक्षित तुल्याई गुपचुप काठमाण्डौंको लैनचौरस्थित भारतीय राजदुताबासमा शरणार्थीको रुपमा शरण लिन लगाई तत्पश्चात् दिल्ली रमाना गराई, नेपालमा उठेको क्रान्तिकारी जनउभारबाट त्रसित बनी निरीह बन्न पुगेका श्री ३ मोहन शम्शेर जवरालाई दिल्ली दरबारमा बोलाई, धुत्र्याइपूर्ण सान्त्वनाका थपथपाइमा लठ्ठपारी धूर्त नेहरुले आफ्नो दूराशयपूर्ण धुत्र्याइँ मनोकमना पूरा हुने गरी, श्री ५ त्रिभुवन र नेपाली काँग्रेसको रोहवरमा श्री ३ मोहन शम्शेर जबरा र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुबीच आपूm अनुकूल १९५० को असमान सन्धिलाई, मैत्री सन्धिको नामाकरणका साथ सम्पन्न गरी गराई, २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको भनिएको जनक्रान्तिलाई यसरी बीचैमा अलपत्र पारी तुहाएका थिए ।

त्यसै गरी दिल्ली दरबारभित्र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको नीतिनिर्देशन र उनकै रोहवरमा निर्माण गरिएको जनक्रान्तिको अन्तरिम सरकारको प्रधानमन्त्री मोहनशम्शेर तथा गृहमन्त्रीमा विश्वेश्वरप्रसाद कोइरालालाई पदभार सम्हाल्ने गरी तोकेका थिए । गृहमन्त्रीको कार्यभार सम्हाल्न पुगेका कोइराला, सामन्तीहरुको चाप्लुसी अर्थात् राजा त्रिभुवनले आपूmसँग दर्शाएको मित्रवत् व्यवहारबाट प्रफुल्लित भई राणाकालिन निर्माण गरी सिंहदरबारभित्र आफ्नो शान्ति सुरक्षाको निमित्त तैनाथ गरिराखेको विजुली गार्ड नाम गरेको सेनालाई सिंहदरबारबाट नारायणहिटी राजदरबारमा स्थानान्तरण गर्ने तरखरमा सक्रियतासाथ लागि परिरहेका गृहमन्त्री कोइरालालाई, प्रधानमन्त्री मोहन शमशेरले सचेतता अपनाउन भनेका थिए– “मलाई झम्टिने (खाने) बाघले, पछि तिमीलाई पनि खान बेर मान्दैन” भनी सम्झाउँदा सम्झाउँदै पनि सुनेको नसुने भैंm गरी, जबर्जस्त सिंहदरवारस्थित ती सम्पूर्ण सेनालाई नारायणहिटी राजदरवारमा स्थानान्तरण गरेको भोलिपल्ट, आपूm पहिले पहिले जस्तै दरबारभित्र प्रवेश गर्न खोज्दा उही सेनाले आपूmलाई दरबारभित्र प्रवेश गर्न रोकेको कुरा राजा त्रिभुवनलाई जाहेर गर्दा, राजाबाट अत्यन्तै सहज ढङ्गले सम्झाउँदै भने– “यो कुनै ठूलो कुरा होइन, यो त नियमको सिलसिलावत कुरा मात्र हो” भन्ने कुरा सुनेपछि कोइराला आपूm चीरनिन्द्राबाट ब्युँझे भैंm झस्केर, आपूmले आपैmलाई कोच्दै भने ‘आपूmले आफ्नै खुट्टामा बञ्चरोले हान्न पुगेछु’ भनी सुसाउन थालेको कुरा सुन्ने उनकै निकटस्थ अनुयायीहरुले त्यो गहिरो कुरा बुझे वा बुझेनन् उनीहरुमै निहित रहे ।

नेपाली काँग्रेसले वी.पी. कोइरालालाई जननेता मानिआएकाको त्यो अदूरदर्शितापूर्ण कार्यबाट आफ्नो स्थिति मजबुत भइसकेकोतिर मध्यनजर राख्दै, महेन्द्रले आफ्नो बाबु राजा त्रिभुवनले दिल्लीबाट घोषणा गरेको– “नेपालमा अब संविधानसभाको चुनाव गराई, निर्वाचित संविधानसभाबाट सरकार निर्माण गरी राज्य सञ्चालन गरिने छ ।” त्यो घोषणालाई समेत लत्याएर, महत्वाकाङ्क्षी महेन्द्रले पुनः राज्यसत्ता आफ्नो कब्जामा लिए पश्चात्, नेपालका विशेषतः संसदवादी राजनैतिक नेताहरुलाई एकपछि अर्काेगर्दै पालैपालो गरी प्रधानमन्त्रित्वमा मन्त्रिपरिषद् गठन गर्दै, पद र प्रतिस्ठाका लोभीपापी राजनैतिक नेताहरुलाई, महेन्द्रले आफ्नो स्वार्थअनुरुप राज्य सञ्चालन गर्न लगाई, ती सबका सबलाई जनताको नजरबाट गिराई फेरि पनि शाहवंशीय राज्यसत्ता कायम् गर्ने तरखरमा सक्रियतापूर्वक लाग्दै थिए ।

शाहवंशीय तथा जहनियाँ राणा सरकारहरुबाट देशमा हुँदै आएको शोषण, दमन र उत्पीडनबाट प्रताडित नेपाल र नेपाली जनसमुदायलाई स्वतन्त्र र मुक्तिको लागि समयसापेक्ष ढङ्गले २०१४ सालमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीच संयुक्त मोर्चा निर्माण गरी, देशव्यापी सत्याग्रहको माध्यमबाट सशक्त रुपले सङ्घर्षमा उत्रिई, महत्वाकाङ्क्षी राजा महेन्द्रलाई घुँडा टेकाई संसदीय चुनाव गराउन बाध्य पारेका थिए । नेपालमा पहिलो पल्ट भएको संसदिय चुनावमा नेपाली काँग्रेसले बहुमत प्राप्तगरी वी.पी. कोइरालाको अध्यक्षतामा संसदीय सरकार (बहुमतीय मन्त्रिपरिषद्) गठन गर्न सफल भएका थिए । तर, बहुमत प्राप्त काँग्रेसीजनहरुको अदूरदर्शिता अर्थात् देशको वस्तुगत स्थितिप्रति जिम्मेवार बनी गम्भीरतासाथ ध्यान केन्द्रित गरी, विकासशील पक्षभित्रका अन्तरविरोधहरु ठम्याएर समस्टिगत रुपमा देशको वस्तुगतस्थितिसँग मेल खाने गरी राष्ट्रिय कार्यनीति (कार्यविधि) लाई व्यवहारतः कार्यान्वयन गर्न सक्नु पथ्र्याे । त्यसो नगरी पूरै हचुवा तालले आपूmले अङ्गीकार गर्दैआएको ‘काल्पनिक समाजवाद’को बेगमा उडेर विकासशील पक्षलाई बेवास्ता गरी पूरै अव्यवहारिक ढङ्गले कार्यान्वयनमा जुट्न पुग्नुकै कारण राजा महेन्द्रभित्र जलिरहेको कोपभाजनमा घ्यू थप्ने काम हुन पुग्यो । र, २०१७ पौष १ मा प्रजातन्त्रको हत्या हुन पुग्यो ।

प्रजातन्त्रको नाउँमा बडो मुस्किलले प्राप्त भएको प्रजातन्त्र अत्यन्तै छोटो समयावधिभित्र त्यो पनि आपूm प्रजातन्त्रवादी भनी दाबी गर्ने दाबेदारहरुकै कमी–कमजोरीबाट नेपालमा प्रजातन्त्रको हत्या हुन पुग्यो । त्यसपछि देशमा पञ्चायती कालरात्रीले सिर्जना गरेको त्रासदीपूर्ण कहालीलाग्दो (स्थितिबाट देश र जनतालाई मुक्ति र स्वतन्त्रताको पक्षमा, त्यो २०१७ सालको घटनापछि विभिन्न समुहमा विभाजित क्रान्तिकारी कम्युनिष्ट पक्षधरहरुले आ–आफ्नो सोच र स्थितिअनुरुप आन्दोलन उठान गर्ने प्रयासरत मध्ये एक माले समुह २०२८ सालमा सिङ्गो नेपालमा राजनैतिक हलचल मच्चिने गरी झापाबाट सशस्त्र सङ्घर्ष (वर्ग सङ्घर्ष) मा उत्रेका थियो । तर, केही समयको अन्तरालपछि त्यसै समुहका अधिकांश व्यक्तित्वहरु आधुनिक सशोधनवादमा पतन हुन पुगे । खासमा भन्नुपर्दा यस्तो हुनु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने कुरो होइन । यसले नेपालको कम्युनिष्ट अन्दोलनमा केही नकारात्मक असरत पा¥यो नै । फेरि पनि देशमा कम्युनिष्टिक प्रभाव विकसित हुनुमा कुनै रुकावट आएन र सुस्त सुस्त विकसित भइ नै रहे ।

यसरी देशमा कम्युनिष्टिक प्रभाव बढ्दो स्थितिबाट त्रसितभई २०१७ सालको घटना लगतै विदेश पलायन भई प्रवासमा जीवनयापन गर्दै आएका काँग्रेसीजनहरु २०३२, २०३३ सालतिर ‘राष्ट्रिय मेलमिलाप’को नारासँगै राजाको गर्धनमाथि मेरो गर्धन भन्दै स्वदेश फिरेर, कम्युनिष्ट गतिविधिमाथि अाँखा चिम्लेर खनिदै, निर्दलीय पञ्चायती व्यवस्थालाई परोक्ष रुपले साथ दिन पुगेका थिए । तर, यसरी लामो समय बितिसक्दा पनि आपूmले सोचेअनुरुप राजा र राजतन्त्रबाट सकारात्मक सहयोग र सद्भाव जस्ता कुनै कतैबाट पनि विश्वासको स्थिति सिर्जना हुनुको उल्टो आपूmलाई आत्मासमर्पणका राजनैतिक दबाब बढ्दै आउनुबाट आजित भई, अन्ततः २०४६ सालमा नाकको चालले वाम मोर्चासँग संयुक्त मोर्चा गठन गरी पहिलो जनआन्दोेलनमा उत्रेका संयुक्त मोर्चा, जनआन्दोलन उत्कर्षतिर लम्किंदै गर्दा यिनीहरु आपैm त्रसित बनी रातारात जनआन्दोलनलाई तुहाई दलगत स्वार्थ पूर्तिखातिर, आन्दोलनकारी जनतालाई धोका दिएर राजतन्त्रसँग धोकापूर्ण सम्झौतामा उत्रेर फेरि पनि देश र जनतालाई, २०३७ को जन्मतसंग्रहमा सुधारिएको पञ्चायती व्यवस्था नाउँ गरेकोलाई बडो चलाकीपूर्ण ढङ्गले लाद्न ल्याए जस्तै गरी संवैधानिक राजतन्त्र बहुदलीय प्रजातान्त्रिक संसदीय व्यवस्था नाउँ गरेको उही पुरानो एकात्मक केन्द्रिकृत राज्यसत्ता कायम गर्न, नयाँ संविधान निर्माण गरी २०४८ सालमा गरेको आमचुनावमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न पुगे ।

नेपालको राजनीतिमा कोइराला परिवार हाबी बन्दै आउनुसँगसँगै देशको निमित्त यो अर्को दुर्भाग्य नै भन्नुपर्ला, किनभने यिनीहरुबाटै नेपालको जलसम्पदा भारतलाई सुम्पिने कामको सुरुवात भए । अर्थात् सर्वप्रथम मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि कोशी सुम्पिए भने, वी.पी. कोइरालाले गण्डक, यसै गरी गिरिजाप्रसाद कोइरालाले पनि त्यसै गरे । ‘महाकाली’ सुम्पिने काममा पहिलोपल्ट कम्युनिष्टको नाउँमा कालो धब्बा लाग्ने गरी, माक्र्सवादको बाक्लो खोल ओढी, कम्युनिष्ट पार्टीको साइनबोर्ड झुण्ड्याई, हँसिया र हथौडा अङ्कित झन्डा फहराई जनतालाई दिग्भ्रमित पार्न माहिर एमाले अग्रस्थानमा उभिन पुगेको थियो । जसमा प्रष्ट रुपले विशेषतः केपी ओली देख्नमा आएका थिए ।

नेपालमा युगौंदेखि शोषण, दमन र उत्पीडनको कुचक्र चलाई आफ्नो मोज–मस्तिको निमित्त मनोमानी ढङ्गले सञ्चालन गर्दैआइरहेका ती राजारजौटाहरुको साम्राज्य (राज्यसत्ता) विरुद्ध आमजनतालाई राजनैतिक रुपले जागरुक बनाई, प्रजातन्त्रको लडाइ लड्न कम्मर कसेर अग्रसर हुनुभएका हाम्रा अग्रज वीर शहीद महापुरुषहरुको अभिलाषामाथि दूराशयपूर्ण कुदृष्टि गाडी, आफ्नो निहीत व्यक्तिगत स्वार्थ अनुकूल हुनेगरी विदेशी प्रभु विशेषतः भारतीय विस्तारवादको उपदेश, नीति र निर्देशनलाई नेपाल र नेपालीको मुक्ति र स्वतन्त्रताको नाउँमा आपूm सत्तासीन हुन पुग्ने मार्गदर्शनको रुपमा अाँखा चिम्लेर ग्रहण गर्दै, स्वाभिमानी, न्यायप्रेमी स्वतन्त्रकामी नेपालका नेपालीहरुको थाप्लोमा जबरजस्त लाद्न ल्याइपु¥याएको संसदीय व्यवस्था विरुद्ध २०५२ फाल्गुण १ गतेबाट क्रान्तिकारी धारको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अत्यन्तै दूरदर्शितापूर्ण नीति अपनाई नयाँ जनवादी क्रान्ति (दीर्घकालीन जनयुद्ध) शान्दार रुपले उद्घोष गरी युद्ध मैदानमा उत्रियो ।

क्रान्तिकारी कम्युनिष्टहरुले जनयुद्धको दौरानमा, देशको ८० प्रतिशत भूभाग कब्जा गरी, संसदीय सत्तासिनहरुलाई पूरै प्यारालाइज (पक्षघात) बनाई आफ्नो लक्ष्य र उद्देश्यअनुरुप निरन्तर अगाडि बढिरहेको जनयुद्ध, दुखदायीपूर्ण तरिकाले पछिल्तिर धकेल्न पुगे । यसो पछिाल्तिर धकेल्न पुग्नु खासमा भन्नुपर्दा यसको मुख्य कारण निम्न पुँजीवादी सोच नै हो । अर्थात् दीर्घकालिन जनयुद्धभित्र सुरुदेखि नै भनेजस्तो प्रमुख नेतृत्व प्रचण्ड र बाबुरामबीच नेतृत्वका लागि तीब्र हानथाप हँुदै आइरहेको स्थिति थियो । यस्तै स्थितिमा प्रचण्ड स्वयम्को नेतृत्वमा खारा आक्रमण नराम्ररी पराजित भई ठूलो नोक्सानी बेहोर्नपर्नुबाट मानसिक रुपले बिचलित तर, पानिमाथि ओभानो बन्न र बनाउन सिपालु निम्न बुर्जुवा प्रवृत्तिका ती दक्षिणपन्थी नवसंशोधनवादी चङ्गुलमा फस्दै गइरहेका प्रचण्ड र धेरै पहिलेदेखि भारतीय विस्तारवादको खेलौना (चेस बोर्डको गोटी) बन्दै आइरहेका बाबुराम भट्टराईबीच मित्रता गाँस्ने यो नै एउटा भरपर्दाे र गतिलो सेतु बन्न पुगेका थिए । जुन सेतुको बलबुतामा टेकेर दुवैजना भारतको दिल्ली दरबारमा पुगेर भारतीय विस्तारवादसामु ‘भारतलाई अहित हुने कुनै काम कुरो गर्ने छैनौं’ भनेर वर्गीय तथा राष्ट्रिय आत्मसमर्पण गर्न भ्याए । तत्पश्चात् दुवैको भित्री मकसद पार्टीलाई सुधारवाद तथा संसदवादको दिशातिर लैजाने प्रश्नमा एक रुपता कायम् हुन पुग्यो । यो कुरो उनीहरुले २०६० जेष्ठमा पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डद्वारा नयाँ जनवादी क्रान्ति (दीर्घकालिन जनयुद्ध) विरुद्ध “२१ औं शताब्दीमा जनवादको विकास” भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो भने पार्टीमा चल्दै आएको दुईलाइन सङ्घर्षको एक उत्कर्षका रुपमा बाबुराम भट्टराईद्वारा २०६१ मंसिर १५ मा अन्तर पार्टी छलफलका मूलभूत विषयहरु” शीर्षकको प्रस्ताव तथा २०६१ कार्तिक २६ को असहमति पत्र प्रस्तुत भएको थियो ।

त्यस विषयलाई लिएर बाबुराम लगायत्का नेताहरुलाई पार्टीबाट निष्कासित पनि गरिएको थियो । तर, यी दुईको मित्रताको गाँठो कसिंदै गइरहेको प्रभावमा परी २०६२ मा चुनवाङमा केन्द्रीय समितिको बैठक बसी (जतिखेर क्रान्तिकारी धारकाका मोहन वैद्य ‘किरण’ र सीपी गजुरेल लगायत् अन्य कतिपय नेता तथा कार्यकर्ताहरु आन्तरिक तथा बाह्य षड्यन्त्रको जालमा परी भारतीय कारागारमा अत्यन्तै कष्टकर जीवनयापन गर्दै थिए) चलाकीपूर्ण तौरतरिका अपनाई बडो नाटकीय ढङ्गले तिनीहरुमाथि गरिएको पार्टी कारवाही फिर्ता लिनुको सँगै उनीहरुलाई दिइएको पहिलेकै जिम्मेवारी कायम् गरी, जनयुद्धको लक्ष्य र उद्देश्य जनताको जनवादी गणतन्त्र (जनवादी राज्य) लाई रद्दीको टोकरीमा फालेर लोकतान्त्रिक गणतन्त्रको नीति पारित गरे पश्चात् दिल्लीमा गई भारतीय विस्तारवादको रोहवरमा सात संसदीय दलसँग, (विघटित संसदलाई व्यँुझाई त्यसै मातहत काम गर्ने) गरी १२–बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरी आएलगतै जनयुद्धको जगमा उठेको जनउभारमा उभिएर “बृहत् शान्ति सम्झौताको नाउँमा” नयाँ जनवादी क्रान्ति (जनयुद्ध) लाई सहज रुपले गला निमोठी पछाडि धकेल्न पुगेका थिए ।

त्यसै गरी ज्ञानेन्द्र शाहभित्र पनपनाइरहेको बालमनोविज्ञान अर्थात् २००७ सालको राजनैतिक घटना क्रममा, राजा त्रिभुवन वीरविक्रम शाहदेव राजगद्दि त्यागेर आफ्नो बालबच्चासहित भारत पलाएन भएपछि, त्यति बेलाको व्याप्त आध्यात्मवादी सोचअनुसार ‘राजा’ भनेका साक्षात् परमेश्वर विष्णुको अवतार हुन भन्ने जनधारणालाई, जहानियाँ राणा शासक वर्गले नकार्न सक्ने स्थिति थिएन । र त ४ वर्षिय बालक ज्ञानेन्द्र आफ्नो मामाको घरमा छुटेकालाई ल्याई, राजा त्रिभुवन भारत पलायन भई रिक्त रहन गएको राजगद्दीमा वैदिक विधि पु¥याई ४ वर्षीय बालक ज्ञानेन्द्र शाहलाई राज्यारोहण गराई राजसिंहासनमा विराजमान गराएका थिए । त्यही बेलादेखि ज्ञानेन्द्रमा परेको बालछाप नै बालमनोविज्ञानको रुपमा पनपनाउँदै आएका घमण्डी ज्ञानेन्द्र शाह, राजा विरेन्द्रको वंशै नाशहुने गरी षड्यन्त्रात्मक ढङ्गले घटेको राजदरबार हत्याकाण्डपछि वैदिक नीतिअनुसार राज्यारोहण गरी राजगद्दीमा आसिन तानाशाह राजा ज्ञानेन्द शाह बालमनोविज्ञान र घमण्डीको चुङ्गलबाट माथि उठ्न नसक्नु र उनका आफ्नै वरिपरि झुमिरहेका बुद्धिजीवी र राजनीतिक सल्लाहकार भन्नेहरु पनि उही नोकरशाही मनोबृत्तिका हुनुको सँगै अदूरदर्शी राजनैतिक परामर्शमा लिनभई जीहजुर सरकार भन्दै आफ्नो स्वार्थ सिद्ध गर्नमै तल्लिनहरुको घेराबन्दीभित्र आफ्नै घमण्डमा चुरभई बसेका राजा ज्ञानेन्द र उनका दहिच्युरे सल्लाहकार जमातले समेत, उता संसदीय दलका नेताहरुको मनोदशा र सत्ता–लिप्सालाई पटक्कै बुझ्न नसक्नुको कारण, सदियौं लामो इतिहास बोकेको शाहवंशीय राजतन्त्रलाई, शाहवंशका अन्तिम राजा बनी, आपूmसमेत् शाहवंशीय राजतन्त्रलाई ध्वस्त पारी राजगद्दि त्यागेर बाहिर निस्कन बाध्य बन्न पुगेका थिए ।

शताब्दीऔं लामो समयसम्म गहिरो गरी जरा गाडी बस्न सफल शाहवंशीय राजतन्त्र गाम्राङ्गुम्रुङ ढलिसक्दा पनि पृथ्वीनारायण शाहका अघोषित उतराधिकारीहरु यी संसदीय दलका नेता र कार्यकर्ता तथा संंसदीय भाषमा दुब्न पुगेका नामधारी कम्युनिष्टहरु पनि उही संसदीय दलहरुकै पदचाप पछ्याउँदै शाहवंशले खडा गरेको एकात्मक केन्द्रिकृत राज्यसत्ता कायम गरी, नेपालको हिमाल, पहाड, तराई र भित्रीमधेशका जनतालाई, काठमाण्डौं उपत्यकाभित्र केन्द्रीकृत गरी कृषिप्रधान देशमा कृषि विकास गर्नुको सट्टा कृषि उपज नै ठप्प हुने गरी, कृषि–प्रधान देश नेपालका कृषकहरुलाई आफ्नो जन्मथलो (गाउँघरमा) बसी खान नसक्ने स्थिति सिर्जना गरी, तड्पाई तड्पाई काठमाण्डौं भ्याली (उपत्यका) भित्र केन्द्रित हुन बाध्य तुल्याएका थिए । त्यसमा पनि अझ, हाम्रो मित्र राष्ट्र रुस तथा चीनले स्थापना गरिदिएका कलकारखानाहरु कवाडीको भाउमा बिक्रि गरी देशका युवा जन–शक्तिलाई खाडी मुलुकमा कामको खोजीमा भौंतारिन बाध्य तुल्याउनुका साथै हाम्रा अग्रज पुस्ताले निर्माण गरेर स्थापना गरी छोडेर गएका पुरातात्विक तथा ऐतिहासिक धरोहरहरु लगायत् नेपालको पुरातात्विक सहर कान्तिपुरी नगरको सुन्दरता नै नस्ट हुने गरी, बिना योजना काठमाण्डौं भ्यालिभित्र जहाँतहिं जथाभावि घर–टहराहरु निर्माण गरी गर्न लगाई सुन्दर नगरलाई डम्पिङसाइटमा परिणत गर्न भ्याइ नै सके ।

नेपाली जनमानसमा पर्दै आइरहेको कम्युनिष्टिक प्रभावको फाइदा उठाउन माक्र्सवादको बाक्लो खोलले ढाकेर, कम्युनिष्ट पार्टीको साइनबोर्ड झुन्ड्याई, हँसिया र हथौडा अङ्कित झन्डा फहराई सोझासिधा जनतालाई दिग्भ्रमित पार्न सिपालु, राष्ट्रघाती नामधारी कम्युनिष्टहरु माओवादी केन्द्र र एमाले मिलेर वामपन्थी गठबन्धन र कम्युनिष्टहरुको एकताको हौवा खडा गरेर, वामपन्थी गठबन्धनको नाउँमा अत्यधिक (बहुमत) भोट हासिल गरी बहुमतीय सरकार गठन गर्न सफल वर्तमान सरकार प्रमुख केही समयअघि प्रधानन्त्रीको हैसियतले भारत भ्रमण गरी फर्केका के.पी. ओलीले पहिले भए गरेका राष्ट्रघाती सम्झौताहरु तदारुकताकासाथ अक्षरशः कार्यान्वयन गर्ने र फेरि नेपाललाई अर्काे दूरगामी असर पर्ने गरी भारतीय विस्तारवादीको महत्वाकाङ्क्षी परियोजनाअनुरुप नेपाल–भारतबीच जलमार्गसँग जोड्ने सहमति कायम गरी, आफ्नो धूत्र्याइपूर्ण नीतिभित्रको नक्कली राष्ट्रवादी अडानलाई आपैmले नाङ्गेझार पारेर फर्केका छन् । हुन त यो उनको नक्कली राष्ट्रवादी अडानलाई आपैmले नाङ्गेझार पारेर फर्केका छन् । हुन त यो उनको नक्कली राष्ट्रवादी अडान आपूm प्रधानमन्त्री हुनु अघि नै भारतीय विदेशमन्त्री नेपाल आउँदा उदाङ्गो पारिसकेका थिए । अहिले फेरि त्यो बाँकी बचेको नक्कली राष्ट्रवाद आपैmले च्यातचुत पारी अर्काे राष्ट्रघाती जलमार्ग सहमति कायम गर्ने सहमति पत्रमा हस्ताक्षर गरी आएका छन् । यसैगरी देशमा वर्तमान सरकारको घोषित नीति, अर्थात् बिनाआधार समाजवादको विकासको भ्रम छर्दै यहाँको आदिवासी जनजाति विशेषतः नेवार जातिलाई यहाँ (काठमाण्डौं भ्याली) बाट उठिवास मात्र हैन, पूरै घरवार–बिहीन सुकुम्बासी सर्वहारामा परिणत गरी, खेदिपठाउन, विकासको नाउँमा फास्ट ट्रयाक र सडक विस्तार जस्ता अनेकन जाल बुनी योजनाबद्ध ढङ्गले कम्मर कसेर अगाडि बढ्न लागिपर्न थालेका छन्, यी नामधारी कम्युनिष्ट भनाउँदा एमाले र माओवादी केन्द्र ।

वर्तमान नेपालको राज्यसत्तामा फरेवीहरुको झुन्ड, अर्थात् दलाल नोकरशाही पूँजीवादी तथा सामन्तवादीहरुको कब्जामा रहिआएको अर्धसामन्ती तथा अर्ध–औपनिवेशिक नवऔपनिवेशिक राज्य व्यवस्थामा, हाल लोकतान्त्रिक गणतन्त्र नाउँ गरेको उहि पुरानो संसारमा अफाफ्सिद्ध भइसकेको संसदीय व्यवस्था नै हो । जस्लाई, क्रान्तिकारी कम्युनिष्टहरुले नेपालमा कायम रही आएको अर्धसामन्ती तथा अर्ध–औपनिवेशिक नऔपनिवेसिक अवस्थाबाट मुक्त गर्न देशमा अधुरो रहिरहेको नयाँ जनवादी क्रान्तिलाई पूर्णतामा ढालेर, नयाँ जनवादी राज्यसत्ता स्थापना गरी समाजवादतर्पm अगाडि बढ्न, वर्तमान सन्दर्भमा विगतमा भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष र मुख्यतः महान् जनयुद्धको आधार तथा अनुभवमाथि गहन रुपले ध्यान केन्दि«त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनबाट पारित ‘नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद«ोहको कार्यदिशा’लाई आत्मासात् गरी जुझारु ढङ्गले कार्यक्षेत्रमा उत्रनु र उतार्नु आजका क्रान्तिकारी कम्युनिष्टहरुको नैतिक दायित्वलाई हृदयङ्गम गरी, सिङगो पार्टी आजको आवश्यकता अनुरुप, ती छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट, देशभक्त तथा वामपन्थीहरु सबलाई समय सापेक्ष ढङ्गले धु्रवीकृत र एकताबद्ध पारी जुझारु ढङ्गले नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्नुले, देशका तमाम् शोषित पीडित आमजनता आशावान्वित बनी जुर्मुराउन थालेको आभाषले देश र जनताको मुक्ति र स्वतन्त्रताको सुखद अनुभूति प्रतित हुन आएको छ । यस सुखद अनुभूतिलाई क्रान्तिकारी कम्युनिष्टहरुले केही गरेर पनि गुम्न दिनु हुँदैन । यसका लागि हरहमेशा क्रान्तिकारी सचेतता अपनाइरहनु नितान्त जरुरी छ ।