साँस्कृतिक क्रान्ति र देङ स्याओपिङ

प्रकाशित मिति : २०७५ जेष्ठ २४

- डोपिङ हान

              

१९७८ मा देङ स्याओपेङ सत्तामा पुगेर गरिएको बजार सुधारको परिणाम ग्रामीण चीनको तिब्रतर आर्थिक विकास भएको हो भन्ने चीनियाँ सरकारको आधिकारीक धारणा छ । यसमा भनिएको छ–साँस्कृतिक क्रान्तिले निम्त्याएको एक दशक लामो आर्थिक विपत्तीबाट देङको सुधारले ग्रामीण जनसंख्या समेत पुरै चीनलाई जोगायो । थप भनिएको छ– सामुहिक अर्थतन्त्र माथिको बढि जोड, पार्टी अधिकारी र बुद्धिजीविहरुलाई सास्ती दिने प्रतिशोधपूर्ण राजनीतिक अभियान, शैक्षिक गुणस्तर र संस्थान प्रतिको घृणाभाव र समानतावादी लक्ष्यको अतिमहत्वकांक्षी खोजी जस्ता कारणले त्यस विपत्तीलाई निम्त्यायो । जीमो काउण्टीको इतिहास माथि गरिएको यस अुनसन्धानले उक्त सरकारी धारणालाई खण्डन गरेको छ । मेरो अनुसन्धानले के देखाएको छ भने बजार सुधारबाट नभइ साँस्कृतिक क्रान्तिको दशकबाटनै जीमोको ग्रामीण अर्थतन्त्रले गति पक्डेको थियो । त्यसैबेला कृषि उत्पादन दोब्बर भन्दा बढिले बृद्धि भएको थियो र ग्रामीण उद्योगधन्दाको सञ्जाल निर्माण भएको थियो । यसले दशवर्ष भन्दा कमै समयमा काउण्टीको ग्रामीण अर्थतन्त्रलाई आधारभूत रुपमा बदलेको थियो ।

जीमोको कथा एक्लो होइन । १९६६ देखि १९७६ बीचको अवधिमा अधिकांश ग्रामीण चीनमा महत्वपूर्ण आर्थिक विकास भएको थियो । ग्रामीण उत्पादनको तथ्यांकले एउटा दर्शकलाई सरकारी धारणा प्रति शंका उब्जाउन सक्दछ, तर पनि अझ उ साँस्कृतिक क्रान्तिलाई भने आर्थिक विकासको वाधकको रुपमा हेरिराखेको हुन्छ । साँस्कृतिक क्रान्ति बिनै पनि ग्रामीण अर्थतन्त्रले विकास गर्न सक्दथ्यो भन्ने कसैलाई लागेको हुनसक्दछ । संभवत साँस्कृतिक क्रान्तिको हुँडलोको ग्रामीण इलाकामा खासै धेरे असर थिएन । यस अध्ययनको निष्कर्ष ठिक उल्टो छ– साँस्कृतिक क्रान्ति मार्फत प्राप्त राजनीतिक र साँस्कृतिक परिवर्तनले ग्रामीण इलाकाको आर्थिक विकासलाई सहज बनाएको थियो । साँस्कृतिक क्रान्तिले राजनीतिक सँस्कृतिमा परिवर्तन ल्याएको थियो । सर्वसाधारण गाउँलेहरु पार्टी अधिकारीहरु माथि औला ठड्याउन सक्दथे, एउटा सामुहिक कार्यको नैतिक जग खडा भएको थियो जसअन्तर्गत पार्टी नेताहरु शारीरिक श्रममा अनिवार्य भाग लिने गर्दथे र आर्थिक निर्णयको तहमा स्थानीय पहलकदमी र गाउँलेहरुको सहभागिताले प्राथमिकता पाएको थियो ।

अधिकांश ग्रामीण केटाकेटीले पढ्न नपाउने र ग्रामीण इलाकाबाट दक्ष जनशक्ति पलायन गराउने अभिजात वर्गीय शिक्षा प्रणालीमा पनि साँस्कृतिक क्रान्तिले सुधार ल्याएको थियो । साँस्कृतिक क्रान्तिको दशक तीव्र गतिमा भएको ग्रामीण विद्यालयको स्थापनाले सम्पूर्ण ग्रामीण केटाकेटीलाई पढ्न र लेख्न सिक्ने अवसर प्रदान गर्नुका साथै आर्थिक विकासलाई टेवा पुग्ने कृषि र औद्योगीक सीपको व्यावहारीक ज्ञान समेत प्रदान गरेका थियो ।

१९७८ पछीको अवधीमा पनि जीमोका तिव्र आर्थिक बृद्धि कायमै रह्यो । बजार सुधार– र प्रोत्सानको आधारमा ल्याइएको परिवर्तन र आर्थिक लचकताले समेत–निसन्देहनै उक्त आर्थिक बृद्धिमा केही भूमिका अवश्य खेलेको छ । पूँजीलाई आकर्षित गर्ने र बजार पाउने भौगोलिक अनुकुलता भएको विशेषत जीमो जस्ता ठाउँमा यस्तो कुराको गुञ्जायस रहन्छ तर बजार सुधार नै सबैथोक हो भनेर गरको सरकारी दाबी माथि भने शंका गर्ने धेरै ठाउँ छ । साँस्कृतिक क्रान्तिको दशकतीव्र आर्थिक बृद्धिलाई सम्भव तुल्याउने शैक्षिक प्रगति, भौतिक पूर्वाधारको विकास र प्रचुर ग्रामीण उद्योगधन्दाको असर अविछिन्न रहने कुरा स्पष्टै छ । आर्थिक प्रगतिको सुरुवात सहकारीको जमानामा भएको कुरा पक्का भइसकेपछि बजार सुधारवादीहरुको दाबीलाई पनि हामीले त्यसै परिप्रेक्ष्यमा हेर्नुपर्दछ ।

बजार अर्थतन्त्र असाधरण किसिमले गतिवान हुनसक्छ । बजार सुधारको दशकहरुमा जीमोको अर्थतन्त्रमा देखिएको अविछिन्न तीव्र वृद्धिले आधुनिक युगको यस सत्यतालाई थप पुष्टि गर्दछ । तथापी, यन्त्रीकरणको खस्कदो अवस्था र सामुहिक ढंगबाट विकास गरिएको सिँचाई प्रणालीलाई कामयावी बनाउने कठिनाइले बढ्दो रुपमा बजारद्वारा संगठित सानो आकारको कृषि प्रणाली मार्फत हुने कृषकीय विकासको दिगोपन माथि प्रश्न उठाएको छ । समुहको विघटन पछि स्वास्थ्य सेवा र शिक्षाको पहुँचमा देखिएको कठिनाइको अवस्था झनै बढि समस्याग्रस्त रहेको छ । विशेष गरी ग्रामीण शिक्षा प्रणालीको तीव्र संकुचन विकासका लागि एउटा गम्भीर दीर्घकालीन अवरोध बनेर खडा हुनेछ ।

साँस्कृतिक क्रान्तिको दशकको जीमोको अनुभवलले के देखाउँछ भने सामुहिक अर्थतन्त्र पनि गतिवान हुनसक्दछ र त्यसले तीव्र आर्थिक विकास हासिल गर्नसक्दछ । कृषिको आधुनिकीकरणलाई सम्भव तुल्याउने तत्वहरु–सिँचाई, यन्त्रीकरण, कृषि प्रयोग र रासयनिक मल आदिको विकास सामुहिक संगठनले केन्द्रीत गरेको स्रोत मार्फत भएको थियो । सामुहिक संगठनले ग्रामीण उद्योगको प्रारम्भिक जगपनि निर्माण गरेको थियो । फिलीप हुवाङको भाषामा ग्रामीण चीनको कृषि जटिलता तर्फको दीर्घकालीन झुकाउलाई साँचो अर्थमा तोडेर सही आर्थिक विकासको सुरुवात पनि सहकारीको नमानामै भएको थियो । साँस्कृतिक क्रान्तिको दशक आर्थिक विकासले महत्वपूर्ण मोड लिएको थियो ।

बजार अर्थतन्त्रमा जस्तै सामुहिक अर्थतन्त्रका पनि आन्तरिक अन्तर्विरोधहरु हुन्छन् । सहकारीको जमानामा चीनमा ती सबै अन्तर्विरोधहरु सतहमा देखिएका थिए । प्रोत्साहनको अस्पष्ट आधार र लचकताको अभावले गम्भीर आर्थिक समस्या जन्माएको थियो । यस अध्ययनले विशेषगरी राजनीतिक र साँस्कृतिक समस्यामाथि जोड दिएको छ । मेरो एउटा महत्वपूर्ण तर्क के हो भने सर्वसाधारण विसान र मजदुरलाई शक्तिशाली बनाउने एउटा प्रजातान्त्रिक राजनीतिक साँस्कृतिक र संस्थाको अभावमा सामुहिक अर्थतन्त्रले राम्रो काम गर्न सक्दैन । चीनमा जमिन र उत्पादनका अन्य साधनको स्वामित्वलाई परिवर्तन गर्न चिनियाँ कम्युनिस्ट पार्टी केही बर्षमै सक्षम देखियो । तर राजनीतिक सँस्कृतिमा परिवर्तन ल्याउने काम उनीहरुका लागि ज्यादा चुनौतीपूर्ण र कठिन सावित भयो ।

साँस्कृतिक क्रान्ति समस्यालाई सम्बोधन गर्ने एउटा प्रयास थियो । जनताको सामाजिक चेतनामा परिवर्तन ल्याउने लक्ष्य बोकेको यो एउटा सघन र व्यापक स्तरको सामाजिक क्रान्ति थियो । इतिहासमा यसको समानान्तर पाउन गाह्रो छ । समूहभित्रैका तानाशाही राजनीतिक अधिकारीमाथि धावा बोलेर यसले सामूहिक संगठनलाई माथि उठाउने प्रयत्न गरेको थियो । गाउँलेहरुले व्यापक प्रयोग गरेको ठूला अक्षरका पोष्टर गाउँले र गाउँका नेताबीचको एउटा महत्वपूर्ण राजनीतिक सञ्चार साधन बनेको थियो । सार्वजनिक महत्वका विषयलाई कार्यसूचीमा प्रस्तुत गर्न जनसंघ, सार्वजनिक बहस र जभेलाहरुले एउटा महत्वपूर्ण सार्वजनिक मञ्चको काम गरेका थिए । सबैभन्दा महत्वपूर्ण त, ग्रामीण इलाकाको राजनीतिक संस्कृतिमा आधारभूत परिवर्तन आएको थियो । पहिलेजस्तो किसानहरुले काँटर र दब्बु व्यवहार देखाउँदैनथे । गाउँका नेताहरुलाई निरन्तर सही गोरेटोमा हिंडाउन सक्ने गरी सांस्कृतिक क्रान्तिले तिनीहरुलाई पूर्ण शक्तिशाली बनाएको थियो ।

सांस्कृतिक क्रान्तिद्वारा मजबुत बनेका सामूहिक संस्थानहरुले ग्रामीण जीवनमा निकै भिन्न उत्साहको सञ्चार गराएका थिए । गाउँका नेताहरुमा व्याप्त भ्रष्टाचार निकै घटेको थियो । गाउँ, कम्युन र काउन्टीका नेताहरुले नियमितजसो किसानहरुसँगै खेतमा काम गर्नु पर्दथ्यो । सांस्कृतिक क्रान्तिको अन्तसम्ममा नेता र सर्वसाधारण जनता त्यस्तो काममा अभ्यस्त भइसकेका थिए । यस्तो अभ्यासले त्यसबेला जनतमा हौसला पैदा गरेको थियो । सांस्कृतिक क्रान्तिको अन्त्यसम्म आइपुग्दा भ्रष्टाचार, वेश्यावृत्ति, लागुपदार्थको दुव्र्यसनी, नक्कली सामानको उत्पादन र आजको चिनियाँ समाजलाई पिरोल्ने अन्य विविध सामाजिक दुर्गुणहरु पूर्णत समाप्त भएका थिए ।

सबैभन्दा महत्वपूर्ण त सांस्कृतिक क्रान्तिले किसान र मजदुरबाट शिक्षित अभिजात वर्गलाई छुट्याउने पुरानो शैक्षिक दर्शनलाई निन्दा गरेको थियो । एकमात्र किताबी शिक्षाको विरोध गरिएको थियो । शैक्षिक सुधारका बेला शिक्षाको दायरालाई निकै फराकिलो पारिएको थियो । उत्पादनशील श्रम र थुप्रै अन्य सम्बन्धित गतिविधिलाई शिक्षाको दायराभित्र अटाइएको थियो । कक्षा कोठाभित्र किताब पढ्ने कुरामा मात्र शिक्षालाई सीमित गरिएको थिएन । सिक्ने कुरा कारखानाभित्र, खेतमा र अरु थुप्रै ठाउँमा हुनसक्दथ्यो । ज्ञानको एकाधिकार शिक्षकमा मात्र केन्द्रित हुन्छ भन्ने ठानिदैनथ्यो । मजदुर, किसान र सिपाहरुले पनि आफ्नो अनुभवजन्य ज्ञान विद्यार्थीलाई दिन सक्दथे । वास्तवमा, विद्यार्थीहरुले पनि शिक्षकहरुले समेत नजानेको केही कुरा जानेका हुन सक्दछन् । सांस्कृतिक क्रान्तिले ग्रामीणा इलाकामा कक्षा कोठामा हुने शिक्षकको एकाधिकार र निरंकुशताको पनि निन्दा गरेको थियो । विद्यार्थीलाई प्रेमभावले हेर्न शिक्षकलाई र शिक्षकलाई आदरपूर्वक हेर्न विद्यार्थीलाई प्रोत्साहन गर्दै यसले शिक्षक र विद्यार्थीलाई ज्यादा समानताको आधारमा उभ्याउन कोसिस गरेको थियो । तर पुरानो चलनको अन्त्य हुन कति साह्रो हुँदो रहेछ भन्ने कुरा मेरो अध्ययनका क्रममा मलाई महसुस भएको थियो ।

देङ स्याओपेङ सत्तामा फर्कने बित्तिकै उसले सांस्कृतिक क्रान्तिको निन्दा ग¥यो र यसका सम्पूर्ण उपलब्धिहरुलाई उल्ट्यायो । देङ आफूले चाहेको गर्न सक्दथ्यो । तर अझ महत्वपूर्ण कुरा त सांस्कृतिक क्रान्तिका बेला दबाइएका परम्परागत दर्शन र चालचलनको दृढाग्रह र पुरानो परिपाटी र सोचको पुनस्र्थापनाबाट लाभान्वित हुने मान्छेहरुको पनि उसलाई समर्थन प्राप्त थियो ।

देङ स्याओपेङले सबैभन्दा पहिले सिडा (ठूला अक्षरका पोष्टर, महान बहस, महान् विचारको अभिव्यक्ति र महान् राजनीतिक स्वतन्त्रता) माथि प्रतिबन्ध लाएको थियो । उसले आगामी दिनमा राजनीतिक अभियान नचलाउने समेत घोषणा गरेको थियो । यसले अधिकारीहरुलाई भ्रष्टाचार गरे पनि जनताबाट हैरानी व्यहोर्नु नपर्ने ग्यारेन्टी प्रदान गर्दथ्यो । थुप्रै अधिकारीहरु छिट्टै आफ्नो सी गुओ की झुफेइ (भएका बेला आफ्नो शक्तिको प्रयोग गर । एकचोटि आफ्ना हातबाट गुमिसकेपछि त्यसलाई तिमी प्रयोग गर्न सक्दैनौं ।)

सांस्कृतिक क्रान्तिका वर्षहरुमा सरकारी अधिकारीहरु किसान र मजदुरसँगै काम गर्दथे र आफ्ना छोराछोरीलाई किसान र मजदुरसँगै काम गर्न पठाउँथे सबैले यसलाई सामान्य रुपमा लिन्थे । राजनीतिक मौसममा परिवर्तन आउने बित्तिकै अधिकारीहरु किसानहरुसँग काम गर्न छाडे र आफ्नो परिवारको मात्रै ख्याल गर्न थाले । उनीहरुले आफ्ना छोराछोरीका लागि महत्वपूर्ण स्थानहरुमा जागिर खोजिदिए । देङको सुधारपछि यही बिन्दूबाट चीनमा सरकारी भ्रष्टाचारको सुरुआत भएको थियो ।

देङले पुरानो शैक्षिक दर्शनलाई ब्युतायो । सांस्कृतिक क्रान्तिका बेला गरिएको शैक्षिक सुधारलाई रातारात नामेट पारियो । पुरानो शैक्षिक दर्शन अभ्यासका पक्षधर अभिजात वर्गका मान्छेहरुको उसलाई समर्थन थियो । थुप्रै शिक्षकहरुले सांस्कृतिक क्रान्तिका बेला आपूmहरुमाथि दुव्र्यवहार भएको महसुस गर्न थाले । वास्तवमा, शिक्षक र तिनीहरुका थुप्रै विद्यार्थीहरुका साथमा समाजका कम शिक्षित मान्छेहरु बीचको दुरीलाई घटाइएको थियो । राम्रो शिक्षाले एउटा सरकारी जीवनका लागि बाटो खोििलदिनुपर्छ र अध्ययन सबैभन्दा माथि हुन्छ भन्ने कन्फ्युसियसको विचार पुनर्जीवित भएको थियो । शिक्षालाई समाजसँग जोडिनुपर्छ भन्ने विचार थुप्रै पुराना बुद्धिजीवीहरुलाई मन परेको थिएन । थुप्रै किसान र मजदुरहरुले पनि शिक्षामार्फत् आफ्ना छोराछोरीहरु एकदिन अभिजात वर्गको सदस्य बन्न सक्दछन् भन्ने आशा पालेका हुन्थे । यसैकारण, सांस्कृतिक क्रान्तिको शैक्षिक सुधारमाथि देङले गरेको आक्रमणको प्रारम्भमा त्यस्ता मान्छेहरुबीच सकारात्मक प्रभाव परेको थियो ।

(वस्तुको सत्यनिष्ठ विश्लेषणका लागि व्यक्तिगत धरातलबाटट र अझ राजनीतिक, आर्थिक र सांस्कृतिक धरातलबाट माथि उठेको दृष्टिकोणको खाँचो पर्दछ । चीनियाँ सांस्कृतिक क्रान्तिमा प्रस्तावक र विरोधीले अगाडि सारेका नीतिहरुको यस पुस्तकले यही दृष्टिकोणका आधारमा चिरफार गर्ने प्रयत्न गरेको छ ।

सांस्कृतिक क्रान्तिमाथिको चीनियाँ सरकारको आधिकारिक मूल्यांकनले हालै विश्वमा निकै चल्तीमा रहेको विकासका लागि गरिने प्रयत्न र सामाजिक समानताका लागि गरिने प्रयत्न परस्परविरोधी छ भन्ने विचारलाई पक्षपोषण गरेको छ । सामाजिक समानताका लागि गरिने प्रयत्नबाट त्रसित मान्छेहरुका लागि यस्तो विचार ज्यादा सुविधाजनक हुनाले पनि चीनमा र विश्वस्तरमै यस विचारको चाखलाग्दो चलनचल्ती देखापरेको हो । जीमो काउन्टीको इतिहासको यस अध्ययनले यस्तो विचारलाई चुनौती दिएको छ । सांस्कृतिक क्रान्तिको दशक र त्यसपछि बजार सुधारका दुई दशक जीमो दुई भिन्नाभिन्नै बाटो हिंडेको छ । ती दुवै बाटोबाट ग्रामीण विकासमा जीमोले श्रेष्ठता हासिल गरेको छ । ती दुई बाटा बीचको भिन्नता विकास र निस्क्रियताबीचको भिन्नता नभएर दुई फरकखाले विकास बीचको भिन्नता हो । सांस्कृकिक क्रान्तिको दशकको जीमो काउन्टीको अनुभवबाट पाठकहरुले के मुख्य निष्कर्ष निकालछन् भन्ने म आशा गर्दछु भने समाजको तल्लो तप्काका जनतालाई शक्तिशाली बनाउने र उनीहरुलाई शिक्षित पार्ने कुराले आर्थिक विकासको लक्ष्यलाई पनि सघाउ पु¥याउँछ । सामाजिक समानताको खोजी र आर्थिक विकासको खोजीका बीच छनौट गर्नुपर्ने आवश्यकता छैन । सामाजिक समानताको खोज ीगर्ने या नगर्नेका बीच भने छनौट हुन सक्दछ । (अपरिचित साँस्कृतिक क्रान्ति नामक पुस्तकबाट)