काठमाडौं, जेठ २३ । यही जुन १५ बाट रसियामा हुन गइरहेको विश्व कपको तयारी पूरा भएको जनाइएको छ ।
खेल स्पर्धाका लागि भागलिने देशका टिमहरुको नामावली र ग्रुपसमेत छुट्टयाई सकिएको छ । ग्रुप ए मा रसिया, साउदी अरेयिबा, इजिप्ट र उरुग्वे छनौट भएका छन् भने त्यसैगरी ग्रुप बी मा पोर्चुगल स्पेन, मोरक्को तथा इरान राखिएका छन् ।
ग्रुप सी मा फ्रान्स, अष्टेलिया, पेरु र डेनमार्कलाई राखिएको छ । ग्रुप डी मा अर्जेन्टिना, आइसल्याण्ड, कोयसिया र नाइजेरिया परेका छन् । ग्रुप ई मा, त्यसैगरी, ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टा रिका र सर्वियालाई राखिएको छ । ग्रुप एफ्मा जर्मनी, मेक्सिको, स्वेडन र दक्षिण कोरियालाई राखिएको छ ।
ग्रुप जीमा बेल्जियम, पनामा, ट्युनिसिया र इङ्ल्याण्डलाई समावेश गरिएको छ भने अन्तिमको ग्रुप एच्मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापानलाई समावेश गरिएको छ ।