काठमाडौं, जेठ २३ । शनिवार बिस्फोट भएको फायगो ज्वालामुखी फेरि मङ्गलवार पुनः बिस्फोट भएको छ । ग्वाटेमालाको प्राकृतिक दुखको रुपमा आएको यो ज्वालामुखी अहिलेसम्म निरन्तर चारपटकसम्म बिस्फोट भइसकेको छ । मंगलबार बिस्फोट हुँदा कैयौं किलोमिटरसम्म यसको धुवाँको मुस्लोले ढाकेको थियो ।
चारैतिर फैलिएको बाक्लो धुवाँमा हाइडोक्लोरिक एसिड र शिशाका कणहरु हावामा फैलिइ रहेका छन् । यसले विषाक्त धुँवा फैलाएर यसको प्रभाव क्षेत्रभित्र कैयौं जीवजन्तुको प्राण लिइसकेको छ । ज्वालामुखी बिस्फोट भएका वरपरका गाउँहरुमा ७२ जना मानिसको ज्यान गइसकेको बताइएको छ भने १७ लाख मानिसलाई यसले प्रभावित तुल्याएका छ ।
ग्वाटेमालाको विपद् नियन्त्रण निकायले मंगलवार पुनः भएको बिस्फोटबारे कुनै जानकारी नै नदिएको र जनतालाई सचेत नगराएको समेत् स्थानीयले गुनासो गरेका छन् । तथापि ज्वालामुखी प्रभाव क्षेत्रको वरिपरि सरकारी सुरक्षाकर्मीहरुको बाक्लो परिचालन गरिएको छ ।
बिस्फोट वरपरका गाउँहरु पूरै लाभा, खरानी र धुँवाले पुरिएका छन् । यो प्राकृतिक विपद्ले ग्वाटेमालामा गम्भीर मानवीय सङकट उत्पन्न गराएको छ ।