पाल्पा, जेठ १८ । पाल्पामा बस दुर्घटनामा हुँदा १२ जनाको मृत्यु भएको छ । तानसेनबाट रामपुर तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा थप १० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अबस्था गंभीर छ । दुर्घटनामा घाइतेहरु उद्धार गरी अस्पताल लगिएको छ ।
मृतक मध्ये ११ को सनाखत
दुर्घटनामा परी मृत्यु हुने मध्ये ११ जनाको सनाखत भइसकेको छ । सनाखत भएकाहरुमा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।
११ जनाको घटनास्थलमै र एक जनाकोउपचारका लागि पाल्पा लैजानै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।





























