नेपालले पहिलो वन डे सिरिज नेदरल्याण्डसँग खेल्दै

नेपालले पहिलो वन डे सिरिज नेदरल्याण्डसँग खेल्दै

काठमाडौं, जेठ १० । नेपालले पहिलो एकदिबसीय श्रृखला नेदरल्याण्डसबिरुद्ध खेल्ने भएको छ । नेदरल्याण्डसले आगामी अगष्ट १ र ३ अर्थात साउन १६ र १८ गते नेपालबिरुद्ध २ म्याचको सिरिज खेल्ने जनाएको छ ।

नेदरल्याण्डसका प्रशिक्षक रायन क्याम्पवेलले आफ्नो टोलीले नेपालसँग घरेलु मैदानमा २ म्याचको श्रृखला खेल्ने बताउनुभयो । यद्यपी खेल हुने मैदान भने पछि टुंगो लाग्ने उहाँले बताउनुभयो । त्यसअघि २९ जुलाईमा नेदरल्याण्डस, नेपाल र मेरिलिबोन क्रिकेट क्लब एमसीसी बीच लर्डसमा मैत्रीपुर्ण ट्वान्टी २० श्रृखला समेत हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलबाट यसैबर्ष एकदिबसीय मान्यता पाएको नेपालको यो पहिलो एक दिवसीय श्रृखला हुनेछ ।