काठमाडौं, जेठ १० । शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपालको एकै साथ थप ५ शाखाबाट कारोबार सुरु गरिएको छ ।
कारोबार शुभारम्भ भएका नयाँ शाखाहरूमा गोलबजार शाखा, गोलबजार नपा– ४, (सिराहा), नौकुण्ड शाखा, नौकुण्डगापा– २, (रसुवा), दोरम्बा शाखा, दोरम्बागापा– ३, (रामेछाप), तातोपानी शाखा, तातोपानीगापा– ३, (जुम्ला) तथा कालिकास्थान शाखा, कालिकागापा– २, (रसुवा) रहेको बैंकले जनाएको छ यसमध्ये कालिकास्थान शाखा एक्स्टेनसन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रूपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरू नयाँ खोलिएका बैंकले जनाएको छ ।
यी शाखाहरूमार्फत स्थानीय उद्योगी, व्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने भन्दै जनता बैंक नेपालको हालसमम शाखा सञ्जाल १ सय १५ पुगेको जनाएको छ ।