ट्रम्पसँग भेट गरादिए वापत ट्रम्पका वकिलले लिए ४ लाख डलर घुस

ट्रम्पसँग भेट गरादिए वापत ट्रम्पका वकिलले लिए ४ लाख डलर घुस

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगको भेट तय गर्न उनका वकिलले युक्रेनका राष्ट्रपतिसँग ४ लाख डलर घुस लिएको खुलासा भएको छ ।

ट्रम्पसँग भेट गराईदिन भन्दै युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्को समर्थितबाट सो रकम दिईएको किभ श्रोतले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ । गत जुनमा भएको सो भेटका लागी रकम लिएको आरोप ट्रम्पका वकिल कोहेनले भने अस्विकार गरेका छन् ।

भेट पछि ट्रम्पको चुनावी अभियानका व्यवस्थापक पाउल मानाफोर्ट माथिको भ्रष्टाचार सम्बन्धि अनुसन्धान बन्द गरिएको थियो । युक्रेनका गुप्तचर विभागका उच्च अधिकारीले पोरोसेन्कोको ह्वाईट हाउस भ्रमण अघिको विषयमा खुलासा गरेका थिए ।

ट्रम्प सँगको फोटो सहित भेटको वातावरणबाट प्राप्त हुने जनमतका लागी सो रकम तिरिएको थियो । कोहेनले रकम बुझेकोबारे ट्रम्पलाई जानकारी भए नभएकोबारे भने स्पष्ट भैसकेको छैन ।