काठमाडौं, चैत १५ । काठमाडाैंको दक्षिणकालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २९ घाइते भएका छन् ।
बिहीबार बिहान दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका वडानम्बर ५ का ४२ बर्षिया मन्जु बस्नेत र वडानम्बर ३ का २५ बर्षिय सुनिल श्रेष्ठ रहेका छन् ।दुर्घटनामा २७ जना घाइते भएका छन् । अधिकाँश घाइतेहरुको अवस्था गम्भिर रहेको छ । घाइतेहरुमध्ये १४ जनाको मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको छ ।
बाँकी घाइते केहीको काठमाडौँको बल्खुस्थित बयोधा अस्पताल र अन्य अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाको कारण अझै खुल्न नसकेको र त्यसका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।