काठमाडौं । सरकारले स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारीलाई पठाउने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।
अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।
२५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।
यसैसरी त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् । उपमहानगर ११, महानगर ५ र संघीय राजधानी भएको महानगर एउटा रहेको छ । ७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० छ ।