
काठमाडौं । अवैज्ञानिक रुपमा सडक विस्तार गरिएको भन्दै आन्दोलनमा उत्रिएका काठमाडौं बासीमाथि प्रहरीले दमन गरेको छ । प्रहरी दमनबाट दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् । राजधानीको बानेश्वरमा बुधबार आयोजित विरोध जुलुशमा प्रहरीले पानीको फोहोरा र आश्रु ग्याँस प्रहार गरेको थियो ।

सडक विस्तारको क्रममा पुराना सम्पदा तथा पुराना घर भत्काइएको भन्दै काठमाडौं बासी आन्दोलनमा उत्रिएका हुन् । प्रहरीले घटनास्थलबाट ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाले जथाभावी सडक विस्तार गरेर राज्यले उपत्यकाका पुरातात्विक महत्वका साँस्कृतिक सम्पदा नष्ट गर्ने र नेवा समुदायको पहिचानमाथि नै गम्भीर आघात पु¥याउने कार्य गरेको भन्दै विरोध गर्दै आएको छ































