काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), अखिल (छैठौं), नयाँ शक्ति विध्यार्थी यूनियन, राजपा विध्यार्थी संगठन, समाजवादी विध्यार्थी फोरम र राष्ट्रिय विध्यार्थी संघले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै आम विध्यार्थी र सबै क्रियाशिल विध्यार्थी संगठनको तीव्र विरोधको बीचबाट जबरजस्ती पारित गरिएको शिक्षा ऐन, २०२८ को नवौं संशोधन तत्काल खारेज गर्न र दशौं संशोधन मार्फत् समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।
बुधबार विध्यार्थी संगठनहरुको संयुक्त बैठकले शिक्षा सेवा आयोगले झण्डै ८ लाख लाइसेन्स प्राप्त उम्मेदवारहरुलाई परीक्षाबाट बञ्चित गरी चैत्र २३ गते गर्ने भनिएको परीक्षा तत्काल स्थगित गर्न माग गर्दै त्रिभूवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका विध्यार्थीहरुले माइतीघरमा सुरु गरेको आमरण अनसनप्रति पनि समर्थन र ऐक्यवद्धता प्रकट गरेको वक्तव्यमा जनाइएको छ । यी मागहरु तत्काल सम्बोधन नगरिए देशव्यापी रुपमा आन्दोलनको घोषणा गर्न वाध्य हुने चेतावानी पनि वक्तव्यमा दिइएको छ ।