बुटवल । अग्रणी शहीद शुकदेव राष्ट्रिय कार्यदल संरक्षण समितिले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
शुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग गदैं समितिले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । समितिका संयोजक टेकबहादुर गुरुङ, प्रवक्ता धनबहादुर गुरुङ, आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बिमला गुरुङ, समितिका सहसचिव चित्रप्रसाद गुरुङको नेतृत्वको प्रतिनीधि मण्डलले प्रदेश ५ को मुख्य मन्त्री कार्यालय गएर ज्ञापन पत्रसहित मुख्य मन्त्री पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाइएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
यसैबीच समितिले बुटवलमा रहेको मुख्य मन्त्रीको कार्यालय अगाडि आधी घण्टा धर्ना समेत दिएको थियो । धर्ना पश्यात आयोजित कार्यक्रममा आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल, समितिका प्रवक्ता धनबहादुर गुरुङ, परिषद्का अध्यक्ष बिमला गुरुङ, संयोजक टेकबहादुर गुरुङ, सहसचिव चित्रप्रसाद गुरुङ लगायतले बोल्दैं शुकदेवलाई राष्ट्रले शहीद घोषणा गरेर सम्मान गर्न आग्रह गरेका थिए ।
समितिले चैत्र १० भैरहवास्थित बर्मेली टोलमा रहेको शुकदेव चोकमा सभा तथा शुकदेव दिवस मनाउंने कार्यक्रम रहेको प्रवक्ता गुरुङले बताउंनुभयो र समितिले चैत्र ११ र १२ गते प्रदेश बन्दको कार्यक्रम समेत राखेको संयोजक गुरुङले जानकारी दिनुभयो ।