सन् १९६१ मा चीनको ग्वाङचाओ सम्मेलनमा देङ सियाओ पिङगले आफ्नो प्रशिद्ध भनाई ‘मलाई कालो बिरालो वा सेतो बिरालो जे भए पनि फरक पर्दैन । त्यो असल विरालो हो जबसम्म यसले मुसा समात्छ ।’ भनेका थिए । देङ सियाओ पिङगको त्यो विरालो सिद्धान्त ( अबत तजभयचथ) पहिलो पटक जुलाई ७, १९६२ मा देङको पहिलो संकलित रचनाहरूको सङगालोमा प्रकाशन गरिएको छ । देङ सियाओ पिङगले आफ्नो त्यो पु“जीवादी अवधारणाको ‘विरालो सिद्धान्त’लाई ‘कसरी कृषि उत्पादनमा बृद्धि गर्ने’ भन्ने सवालमा भनेका थिए र खासगरी यसलाई उनले माओको अवधारणामा आधारित जनकम्युन प्रणालीलाई निस्तेज पार्ने रणनीतिमा गरेका थिए ।

देङ सियाओ पिङगले चीनको सन्दर्भमा ल्याएको त्यो पु“जीवादी अवधारणामा आधारित ‘विरालो सिद्धान्त’ अहिले चीनभित्र र बाहिरी देशहरूमा विकासवादी सिद्धान्तका रूपमा अपनाउन थालिएको छ । चीनको सिंचुवानमा जो देङ सियाओ पिङगको गृह जिल्ला हो, यो भनाई अहिले पनि लोकपृय छ । यसको मौलिक अंश, जसलाई ल्युश्याओचीले यसरी भनेका थिए ‘यसमा मतलब छैन् बिरोलो पहेंलो होस अथवा कालो, जबसम्म यसले मुसा समात्छ, त्यो असल बिरालो हो ।’ यसलाई ल्युश्याओचीले युद्ध लड्नेबारे भनेका थिए । ‘हामीहरूले च्याङकाइसेकलाई हराउन सफल भयौ किनभने हामीले पुरानो नियमले लडाई गरेनौ अथवा पुरानो तरिकाले काम गरेनौ । लडाइको परिस्थिति जे जस्तो भएता पनि त्यसमा गणना आखिर जितकै हुन्छ । अहिले हामीले कृषि उत्पादनमा वृद्धिको आवश्यकता छ, हामीले हाम्रा अगाडिका समस्यालाई नजरअन्दाज गर्न हु“दैन् । उत्पादनका समवन्धहरूलाई ध्यान दिंदा, हामीले कुनै निस्चित अपरिवर्तन तरिकामा भर पर्न सक्दैनौ । हामीले त्यस्तो तरिका पत्ता लगाउनु पर्छ जसले जनसमुहलाई कठिन काम गर्न तयार बनाउछ र त्यस्तो तरिका छान्न उत्प्रेरित गर्छ ।’ यहि पछि गएर देङको विरालो सिद्धान्त ( अबत तजभयचथ) बन्यो र यसलाई देङले ‘मलाई कालो बिरालो वा सेतो बिरालो जे भए पनि फरक पर्दैन । त्यो असल विरालो हो जवसम्म यसले मुसा समात्छ ।’ भनेर व्याख्या गरे । यद्धपि उनले त्यस्को रङमा परिवर्तन गरे(पहेलोलाई कालोमा) तर त्यो भनाइको मर्ममा चाही फरक थिएन् ।

सांस्कृतिक क्रान्तिको समयमा देङको यो भनाइलाई ‘प्रतिक्रियावादी’ भनेर आलोचना गरियो र भनियो कि यो पश्चिमी उपयोगितावादको एउटा भद्दा चिनियाँ संस्करण हो अथवा सत्यको सिद्धान्त’ जसले काम गर्छ, त्यो सत्य हो ।’ भन्ने मान्दछ, त्यसको विरोध गरियो । तर देङको यो भनाई चीनमा जंगलमा लागेको आगोजस्तै फैलियो र सम्पुर्ण चिनिया“हरूमा परिचित बन्यो । यो ‘बिरालो सिद्धान्त’को मुल अर्थ एउटा बिरालो जसले मुसा मार्छ, एउटा असल बिरालो भन्ने हो । उनले यसलाई पार्टीको आधारभुत चाहनाको सेवागर्ने, हाम्रो देशको र आम जनताको सेवागर्ने अमुल्य काम हो भनेर व्याख्या गरे । यसलाई उनले ‘ सत्य के हो निस्चितगर्न अभ्यास नै एक मात्र क्राइटेरिया’ भन्नु सधैभरी सही होइन भनेर माओको प्रसिद्ध कृति ‘व्यवहारबारे’को आलोचना गरे र त्यसका विरूद्ध उभिए । पहिलो दोसेको मुल्यमा बनेको हुन्छ तर दोस्रो ज्ञानको सिद्धान्त हो तर पहिलो मुल्यको सिद्धान्तमा एउटा वर्गिकरण हो । ‘बिरालो सिद्धान्त’ बैज्ञानिक वर्गिकरणमा कहा“ मिलाउन सकिन्छ भनेर निस्चितगर्नलाई कठिन छ ।

अहिले चीनमा वर्तमान चीनीया नेतृत्वले आफ्नो नीतिलाई यसरी सुत्रवद्ध गरेको छ—माक्र्सवाद–लेनिनवाद–माओत्सेतुड्ड विचारधारा–देङ सियाओ पिङग सिद्धान्त–सि जिनपिंग विचार । र माओको निधनपछि देङ सियाओ पिङगको ‘बिरालो सिद्धान्त’लाई प्रयोगमा ल्याउन थालेका छन् ।

चीनमा देङ सियाओ पिङगको ‘कालो विरोलो र सेतो विरालो’ को बहसलाई चीनको विशेषतामा आधारित समाजवादी अर्थतन्त्रको उन्नतिको लागि प्रयोग गर्दै चीनलाई आजको एउटा सम्मुन्नत राष्ट्रको स्तरमा उभ्याउन चीनीयाँनेतृत्व अहिले सफल भएको दावी गरिरहेको छ । माओको विचार, सिद्धान्त र मार्गदर्शनलाई आफ्नो नीतिलाई सुत्रवद्ध गर्नका लागि उपयोग त गरेको छ तर यसलाई चीनबाट निमिटयान्न पार्ने प्रक्रियामा छ । देङ सियाओ पिङगको ‘कालो विरोलो र सेतो विरालो’ को बहसलाई वर्तमान चीनीया नेतृत्वले व्यवहारमा बलियो गरी पक्डेर त्यसलाई भविश्यमा सि जिनपिंग विचारमा विकसित गर्दै त्यसद्धारा माओत्सेतुड्ड विचारधारा–देङ सियाओ पिङग सिद्धान्त दुवैलाई विस्थापित गर्ने सम्भावना देखिएको छ । चीनमा देङ सियाओ पिङगको ‘कालो विरोलो र सेतो विरालोमा खासै फरक छैन् यदि ती दुबैले मुसा मार्ने काम प्रभावकारी तरिकाले गर्दछन् भने’ भन्ने भनाइलाई चीनको आर्थिक फड्कोमा प्रमाणित गरेर देखाएपछि त्यो क्रमसः देङ सियाओ पिङग सिद्धान्त–सि जिनपिंग विचारका रुपमा फड्को मार्न सम्भव छ तर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा बलियो गरी स्थापित भएको माक्र्सवाद–लेनिनवाद–माओत्सेतुड्ड विचारधारालाई तत्काल हटाउन भने सि जिनपिंगलाई त्यति सजिलो भने छैन । माक्र्सवाद–लेनिनवादसित माओत्सेतुड्ड विचारधारालाई हटाएको देख्न आम चिनियाँ जनता पनि चाहँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर