नेपाललाई ३ सय ८१ रनको विशाल लक्ष्य

नेपाललाई ३ सय ८१ रनको विशाल लक्ष्य

काठमाडौं, फागुन २० । जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिलो ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि ३ सय ८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ । जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको हो े।

जिम्बाव्बेका लागि बिस्पोटक ब्याटिङ गर्ने क्रममा ब्रेन्डन टेलर र सिकन्दर राजाले सर्वाधिक रन बनाए । ४८.४ र ४८.५ ओभरमा लगातार नेपालका बलर सोमपाल कामीको बलमा आउट हुँनुअघि सिकन्दरले ६६ बलमा ७ चौंका र ९ छक्काको मद्दतमा १२३ रन र ब्रेन्डनले ९१ बलको सामना गरी ७ चौंका र १ छक्काको मद्दतमा १०० रन बनाए ।

जिम्बाव्बेका लागि पहिलो विकेटका रूपमा जुवाओ ४१ रन बनाएर सन्दिप लामिछानेको बलमा एल बि डब्लु धरापमा पर्दै आउट भए । दोस्रो विकेटका रूपमा ह्यामिल्टन मस्कर्जा १७ बलमा बसन्त रेग्मीको बलमा आउट भए । तेस्रो विककेटका रुपमा सोलोमोन मिरे बसन्त रेग्मीकै बलमा ५१ रनमा क्याच आउट भए भने चौंथो विकेटको रूपमा ललित नारायण राजबंशीको बलमा क्रेइन इर्भिने ३४ रन बनाएर आउट भएका थिए । ललितले डेब्यू खेलमै विकेट लिएका हुँन् ।

पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्दा नेपाललाई धेरै दबाब भएको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।