द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

काठमाडौं, काठमाडौं, फागुन २० । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

न्यायाधीश तेजनारायण पौडेलको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जेल चलान गर्ने आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले खड्गीलाई माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो ।

कलाकार खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको अनुसन्धानमा खुलेको हो । खड्गीले एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको देखिएको हो ।