नेपाललाई साफको उपाधि जिताउछुः कोजी, कार्यकाल थप भएपछि

नेपाललाई साफको उपाधि जिताउछुः कोजी, कार्यकाल थप भएपछि

काठमाडौं, फागुन १६ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक ग्यातोकु कोजीको कार्यकाल थप गरेको छ । मार्च २०१६ मा नेपालसँग आवद्ध भएका थिए । आगामी महिना उनको कार्यकाल सकिँदै थियो ।

तर, त्यसअघि नै एन्फाले कोजीको कार्यकाल एक वर्ष थप गर्ने निर्णय लिएको अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । कार्यकाल थप भएपछि कोजीले आफ्नो लक्ष्य नेपाललाई साफ फुटबलको उपाधि दिलाउनु भएको बताए । साफ फुटबल सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको छ ।

त्यसअघि मार्च २७ मा एएफसी एसियन कपको छनोटको अन्तिम खेल यमनसँग खेल्नेछ । छनोटमा नेपालले एउटा पनि खेल जितेको छैन र छनोटबाट बाहिरिसकेको छ ।