ओखलढुंगा, फागुन १६ । ओखलढुंगाबाट काठमाडौं जादै गरेको ना १ ज ४५४९ नम्बरको सुमो उदयपुरको घुर्मिमा दुर्घटना भएको छ । सुमोमा सवार १० यात्रु घाइते भएका छन् ।

घाइतेहरूको जनसेवा हेल्थ केयर सेन्टर घुर्मीमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा राज कुमार खड्का, यज्ञध्वज खत्री ,योगेश खत्री, शम्भु रेग्मी, भोजकुमारी कोइराला, गोमा सुवेदी, ज्वाला दाहाल, सन्जिव राई, तारादेवी रोका, मानबहादुर सुनुवार र सुजित रोका रहेका छन् ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सुमो सडकबाट चिप्लिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर