चिनियाँ भाषालाई पाकिस्तानले सरकारी कामकाजको भाषा बनायो

चिनियाँ भाषालाई पाकिस्तानले सरकारी कामकाजको भाषा बनायो

इस्लामवाद । पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भएको छ । पाकिस्तानको संसदले देशका विभिन्न शैक्षिक संस्थाहरूमा चिनियाँ भाषाको पाठ्यक्रम राख्ने प्रस्ताव गरेको छ ।

पाकिस्तानी सञ्चार माध्यम ‘अब तकका अनुसार पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

चीन र पाकिस्तान भौगोलिक रूपमा एक आपसमा जोडिएका कारण भाषिक अवरोध समाधानका लागि पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

चीनले सीपक परियोजना मार्फत् पाकिस्तानमा करिब ६२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । भारतले पाकिस्तानको उक्त निर्णयलाई पाकिस्तान र चीनको सम्बन्धमा प्रगाढता बढ्ने आकंलन गरेको छ । एजेन्सी