देशभक्त जनगणतान्त्रिक मोर्चाले सीमा अतिक्रमणका विषयमा विरगञ्जमा ग¥यो अन्तरक्रिया

देशभक्त जनगणतान्त्रिक मोर्चाले सीमा अतिक्रमणका विषयमा विरगञ्जमा ग¥यो अन्तरक्रिया

विरगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पर्साको विरगञ्जमा “सीमा अतिक्रमण र छपकैयाको सवाल” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । मोर्चाको २ नंं प्रदेशले आयोजना गरेको उक्त अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति भारतीय विस्तारवादका दलालहरुलाई ठेगान लगाउनै पर्ने धारणा राखेका छन् । नेपाल पत्रकार महासंघको जिल्ला शाखा कार्यालयमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा सीपी गजुरेलले भने, “७४ ठाउँमा सीमा अतिक्रमण भएको कुरा सीमाविद्हरुले भनिरहेका छन् । राष्ट्रिय स्वाधीनताको सवाल गम्भीर बन्न पुगेको छ । हामीले यो विषयलाई राष्ट्रिय मुद्दाको रुपमा उठाइरहेका छौं । अब सीमा तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न देशभक्त र क्रान्तिकारी शक्ति एकजुट भएर विस्तारवादका दलालहरुलाई ठेगान लगाउनै पर्छ ।”

अध्यक्ष गजुरेलले नेपालको सीमा १ इन्च मात्र मिचिए पनि त्यो सीमा अतिक्रमण नै हुने भन्दै भारतीय विस्तारवाद र उसका नेपाली दलालहरुका कारण विस्तारै सिक्मिक भारतमा विलय गराएजस्तै नेपाललाई पनि भारतमा विलय गराउने खेल भइरहेको दावी गरे । अध्यक्ष गजुरेलले अगाडि भने, “सिक्किमलाई संसदले मात्र नभएर जनमत संग्रह गराएर भारतमा विलाउने काम गरियो । अहिले पनि नेपालको हकमा सत्तामा दलालहरु खडा गराएर आफ्नो एजेण्डा पारित गराउँदै जाने नीति भारतको रहेको छ ।”

छपकैयाको घटनाले नेपालीहरुलाई उद्देलित बनाएको भन्दै अध्यक्ष गजुरेलले भने, “दलाल र राष्ट्रघातीहरु खबरदार ! राष्ट्रिय स्वाधीनताको निम्ति हामी जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छौं । राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलानको आँधी बेहरी सिर्जना गर्छौं र तिमीहरुलाई ठेगान लगाएरै छाड्छौं ।”

मोर्चाका २ नंं. प्रदेश संयोजक कमल चौधरीको अध्यक्षतामा सम्पन्न भएको अन्तक्र्रियामा आफ्ना विचार राख्दै प्रा.डा. हरेराम ठाकुरले सीमा अतिक्रमणको समस्यालाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

“छपकैयामा ५० विघाभन्दा बढी जमिन मिचिदा पनि देशका प्रधानमन्त्री शेरबहादुर देउवा सीमा मिचिएकै छैन भन्छन्, नापी विभाग पनि त्यसै भन्छ । यसको वास्तविक रहस्य के हो ?” प्रा.डा. ठाकुरले प्रश्न गरे र भने, “सीमा समस्याको निराकरण छिटोभन्दा छिटो सरल ढंगले गरिनु पर्दछ ।”

कार्यक्रममा आफ्नो बर्षौदेखि भोगचलन गर्दै आएको जग्गा गुमाएका पीडित किसान रविन्द्र महतोले पर्साको जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, वडा कार्यालय लगायत सबै सरकारी निकायमा आफूले भोगचलन गर्दै आएको जमिन मिचिएको गुनासो गर्दा सुनुवाइ नभएको गुनासो गरे । २०२२ सालको नापी पश्चातको लालपूर्जा भएको ४५ विघा ३ कठा एघार धुर जमिन सीमास्तम्भ गाड्दा भारततर्फ पारिएको महतोले जानकारी दिए ।

नेकपा (क्रान्तिकारी माओवादी)का २ नं. प्रदेश सचिव कृष्णदेव सिंह दनुवारले संचालन गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा जिल्लाका अध्यक्ष श्याम बंजाराले सीमा अतिक्रमणको सवाल सबै नेपालीहरुको चासोको साझा विषय बन्नुपर्ने भन्दै नेपाली राष्ट्रिय स्वाधीनतामाथि कसैको पनि बलिमिच्याइँ सह्य नहुने बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्यद्वय रामआश्रय राम र हरिकृष्ण गजुरेलको पनि उपस्थिति रहेको थियो ।