सहिद तथा वेपत्ता योद्धा परिवारलाई क्रान्तिकारी माओवादीले संगठित गर्ने

सहिद तथा वेपत्ता योद्धा परिवारलाई क्रान्तिकारी माओवादीले संगठित गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले दशवर्षे जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्यहरुलाई संगठित गर्ने भएको छ । पार्टी निकट सहिद तथा वेपत्ता योद्धा परिवार समाजको बिहीबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी महासचिव मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न समाजको प्रशिक्षण तथा बैठकले पार्टीको तीन महिने अभियानमा जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघाट, अन्तक्र्रिया गर्ने, पार्टीका विभिन्न संगठनहरुमा संगठित गर्ने र संघर्षहरु उठान गर्न पहल लिने निर्णय गरेको छ ।

समाजका अध्यक्ष दिनेश शर्मा‘सागर’को अध्यक्षतामा सम्पन्न बैठकले सहिद तथा वेपत्ता योद्धाहरुको योगदानलाई संस्थागत गर्न संरचनात्मक कामहरुलाई प्रभावकारी बनाउदै लैजाने निर्णय गरेको छ ।