काठमाडौं, २० पुस । प्रहरीले एक युवकलाई पेस्तोल र गोलीसहित कोटेश्वरबाट पक्राउ गरेको छ । राजधानीको कोटेश्वरबाट बिहीबार बिहान सुवास कार्की नामका युवक एक पेस्तोल र त्यसको पाँच राउन्ड गोलीसहित पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























