एजेन्सी, मंसिर २४ । इराकले इस्लामिक स्टेट (आईएस) विरुद्धको आन्दोलन सकिएको घोषणा गरेको छ । प्रधानमन्त्री हैदर अल–अवादीले शनिबार बग्दादमा बोल्दै सरकारी फौजद्वारा इराक–सिरिया सीमाक्षेत्रमा पूर्ण नियन्त्रण कायम भएको जनाए ।
उनले भने, ‘हाम्रा दुश्मनहरूले हाम्रो सभ्यतालाई खतम पार्न चाहन्थे । तर हामीले हाम्रो एकता र दृढसंकल्पका कारण छोटो समयमा नै उनीहरूलाई परास्त ग¥यौं ।’ इराकी सेनाले विज्ञप्ति जारी गर्दै ‘इराक आईएसबाट पूर्णरूपमा मुक्त भएको’ जनाएको छ । इराकको सिरियाली सीमा आईएसको प्रमुख प्रभावित क्षेत्र हो । उक्त क्षेत्रमा आईएसका कम्तीमा पाँच पकड क्षेत्र थिए ।