राष्ट्रघाती र भ्रष्टाचारी तत्वहरुलाई नामेट पार्न ‘मुठ्ठी’ चिन्हमा मतदान गरौं : थापा

राष्ट्रघाती र भ्रष्टाचारी तत्वहरुलाई नामेट पार्न ‘मुठ्ठी’ चिन्हमा मतदान गरौं : थापा

टेकबहादुर मास्कीरानार /१४ मंसिर, बुटवल ।

देशभक्त जनगणतान्तिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले संघर्षको मञ्चका रुपमा निर्वाचन उपयोग गरेको बताउनुहुँदै मुलुकबाट राष्ट्रघाती र भ्रष्टाचारी तत्वहरुलाई नामेट पार्न आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोर्चाको चुनाव चिन्ह ‘मुठ्ठी’मा मतदान गरी मोर्चाका उम्मेदवारहरुलाई विजयी गराउनु पर्ने धारणा राख्नुभएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का पूर्व केन्द्रीय कार्यालय सदस्य समेत रहनु भएका थापाले राष्ट्रियता रक्षाका लागि मुठ्ठी चुनाव चिन्हमा मतदान गरेर मोर्चाका उम्मेदवारलाई जिताउंन आग्रह गर्नुभयो । उहांँले राष्ट्रघाती र भ्रष्ट्राचारीको अन्त्य हुन जरुरी रहेको भन्दैं नेकां–एमाले र माकेले नैं मुलुकमा भ्रष्ट्राचार र राष्ट्रघात गरेको आरोप लगाउंनुभयो । ०७२ सालमा जारी संविधान ०६३ को अन्तरिम संविधान भन्दा पनि पश्चगामी रहेको दावी गदैं उहांले त्यसको प्राण राख्न चुनावको नाटक गरिएको टिप्पणी गर्नुभयो ।

संसदीय व्यवस्था अन्त्यका लागि मोर्चाले निर्वाचनलाई संघर्षकैं मोर्चाको रुपमा उपयोग गरेको भन्दै नेता थापाले देशभक्त जनगणतान्त्रिक उम्मेदवारहरुले मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको वास्तविक समाधान दिनसक्ने दावी गर्नुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल,रुपन्देहीले बिहीबार बुटवलको पुष्पलाल चोकमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गदैं नेता थापाले उक्त कुरा बताउनु भएको हो । उहांँले चुनाब जित्नका लागि प्रतिगामी र प्रतिक्रियावादीसंँग पार्टी एकता पनि नहुने र चुनाबमा पनि संगैं जान नसकिने पनि बताउनु भयो ।

अमेरिकी राजदुत आउंदा माक्स–एङगेल्सका फोटो लुकाउंने एमाले र जनयुद्धको बाटो छाडेर संसदीय भासमा डुब्ने माके बाम हुंनै नसक्ने उहां जिकिर गर्नुभयो । पूर्व सांसद समेत रहनुभएका उहांले राजा ल्याउंन सपना बाढेका कमल थापासंग चुनाबी एकता गरेर कांग्रेस लोकतान्त्रिक हुंनै नसक्ने बताउंनुभयो । जनताको आँखांमा छारो हाल्न बनेका दुबै गठबन्धन पाखण्डीपन भएको उहांले दावी गर्नुभयो । राष्ट्र र जनताका हितमा काम गर्नका लागि कांग्रेस–एमाले र माओवादी केन्द्रकैं अन्त्य हुंनुपर्ने उहांले जोड दिनुभयो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दलबहादुर छन्त्याल, प्रदेश सभा उम्मेदवार खुमानन्द भुसाल, रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद मरासनी लगायतले बोल्नुभएको थियो ।