पश्चिम रुकुमको रत्न आधारभूत केन्द्रमा एसिड बोकेका युवकले मतपेटिकामा आगो लगाएपछि मतदान स्थगित

पश्चिम रुकुमको रत्न आधारभूत केन्द्रमा एसिड बोकेका युवकले मतपेटिकामा आगो लगाएपछि मतदान स्थगित

काठमाडौं , १० मंसिर । पश्चिम रुकुमको बाफिकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको केन्द्रको मतपेटिकामा एक्कासी आगो लागेको छ । बिहान करिव ११ बजेर ५५ मिनेटमा भोट हाल्न आएका एक युवकले मतपेटिका भित्र एसिड हालेका कारण मतपत्र जलेका जिल्ला प्रहरी कार्यालय रुकुममा प्रहरी निरीक्षक ऋषि ढुङगानाले जानकारी दिए ।

उनले भने, ‘कसले किन एसिड हाल्यो र केमा बोकेर ल्याएको भन्ने अनुसन्धान भइरहेको छ ।’ २ सय ५० मत खसेपनि कति मतपत्र जले भन्ने खुल्न सकेको छैन ।

घटना लगत्तै यस केन्द्रको मतदान स्थगित भइरहेको छ । मतदान के गर्ने भन्ने बिषयमा बैठक बसिरहेको प्रहरीले जनाएको छ । रुकुम जिल्लाको अर्को मतदान केन्द्रमा पनि मतदान स्थगित भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक हवाईफाइर गरेको ढुङ्गानाले बताए ।