काठमाडौं । चीनसँग सीमा जोडिएको रसुवागढी भन्सार नाकाबाट अवैध रुपमा नेपाल भित्र्याइएको १७ केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बा ११ च ७९१८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो ।

सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिकाअन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो । सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो गाडी समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताए । गाडीमा ट्वाइलेट पेपर बोकिएको थियो । विशेष सुराकीका आधारमा गाडी जाँचका क्रममा त्यही सामान भित्र लुकाएर राखिएको १७ किलो सुन भेटिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर