काठमाडौं, कात्तिक ३० । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । अन्तरमहादेशीय प्ले–अफ अन्तर्गत बिहीबार बिहान भएको खेलमा पेरुले न्युजिल्याण्डलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि आयोजक रुससहित विश्वकपमा सहभागी हुने ३२ टिमको टुंगो लागेको हो ।
यसरी छनौट हुनेमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बियाले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै सेनेगल, ट्यनिसिया, मोरक्को, स्वीडेन, डेनमार्क, क्रोएसिया, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया र पेरुले पनि विश्वकपमा स्थान बनाएका छन् ।
रुसले आयोजकका रुपमा, २५ देशले समूहगत छनौट तथा ६ देशले प्ले–अफ मार्फत विश्वकपमा स्थान बनाएका हुन् ।




























