बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि चीन आइपुगेका छन् ।दक्षिण कोरियाबाट बुधबार दिउँसो चीन पुगेका ट्रम्पलाई चिनियाँ स्टेट काउन्सिलर याङ जेएचीले बेइजिङ अन्तराट्रिय एयरपोर्टमा स्वागत गरे ।
गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प पहिलो पटक चीन भ्रमणमा आएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेसबाट सी चिनफिङ दोस्रो पटक चीनको राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक सीलाई भेट्दै छन् ।
दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन् ।
दुई राष्ट्र प्रमुखको भेटमा कोरियाली उत्तर कोरियाको आणविक हतियारको मुद्दा, लगायत दुई देशका सरोकारका विषयमा मह्त्वपूर्ण छलफल हुने चिनियाँ अधिकारीले बताएका छन् ।
गत आइतबार जापानबाट एसिया भ्रमण सुरु गरेका ट्रम्प जापानबाट मंगलबार दक्षिण कोरिया गएका थिए । उनी एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमण गर्ने ट्रम्पको योजना रहेको छ ।































