
काठमाडौं, २२ कात्तिक । दुई किलो चरेससहित त्रिभुवन विमानस्थलबाट युक्रेनी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको टोलीले ४२ वर्षीय ओलेक्सी लोलेन्कोलाई पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलमा जेट एयरवेजको ६५२ नं. को उडानमा मुम्बई हुँदै यूक्रेन जान लागेका ओलेक्सीको सुटकेश चेकजाँचका गर्दा दुई किलो चरेस भेटिएको थियो ।




ओलेक्सीले सुटकेश भित्रको स्टाइलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा चरेस लुकाइ राखेका थिए । पक्राउ परेका ओलेक्सीलाई लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरमै राखेर थप अनुसन्धान सुरु गरिएको छ ।