काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बद्री बजगाइँको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । बुधबार भएको एक भेलाले मंसिर २१ मा हुने निर्वाचनका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट उम्मेदवार बन्नुभएकी विध्यार्थी नेतृ ज्ञानु खतिवडाको पक्षमा निर्वाचन माहौंल निर्माण गर्न यस्तो समिति गठन गरिएको हो । उम्मेदवार बन्नुभएकी खतिवडा जनयुद्धकी शहीद शुभद्रा खतिवडाकी बहिनी हुनुहुन्छ । काठडमौं–३ बाट प्रदेशसभातर्फ क) मा शेखर आचार्य र ख) मा गाविन्द गौतम उम्मेदवार बन्नुभएको छ ।
बुधबार भएको भेलाले निर्वाचन परिचालन समिति अन्तर्गत आर्थिक विभाग, प्रचार प्रसार विभाग र व्यवस्थापन विभाग समेत निर्माण गरेको छ ।




























