क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन

माओवादी आन्दोलनलाई सदाका लागि उठ्नै नदिने गरी चोतर्फी(आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक) रुपले विघटन गराउने कसरतमा लागेका यो आन्दोलनका भुतपूर्व नायकहरु प्रचण्ड र बाबुरामको दक्षिणपन्थी दौड एमालेमा उनीहरुको बिलयसंगै विराम लागेको छ । प्रचण्डको माओवादी जनयुद्धसितको सम्वन्ध अब त्यही अवस्थामा जाने छ, जुन अवस्थामा एक समयका झापा आन्दोलनका भुतपूर्व नायकहरु–केपी ओली, झलनाथ खनाल, माधव नेपालको मदनभण्डारीको बहुदलीय जनवादसित अस्ताएको थियो ।

सिद्धान्त, विचार र संगठनका हिसावले प्रचण्ड र बाबुरामको दक्षिणपन्थी डौड अब एमालेमा विराम लाग्ने अवस्थामा पुगेको देखिन्छ । किनभने नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी धाराको उच्चतम विन्दु एमालेको बहुदलीय जनवाद हो, जो अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ख्रुश्चेभको बदनाम शान्तिपूर्ण संक्रमण हो । दक्षिणपन्थी संशोधनवादका जन्मदाता बर्नस्टिन र पछिल्लो अवस्थामा आएर टिटो, ख्रुश्चेभ, ब्रेझनेभ, यल्टसीन हु“दै चीनका देंग सियाओफिंग र नेपालको पछिल्लो उत्कर्ष मदन भण्डारीको बहुदलीय जनवाद नै हो । त्यही बहुदलीय जनवादद्धारा प्रतिक्रियावादी पु“जीवादको आधार संसदवादलाई चम्काउने काम गर्दै आएको एमालेमा प्रवेशसंगै प्रचण्डको क्रान्तिकारी माओवादीसित अब टाडाको पनि साइनो रहेन् । हुनत माओवादसित साइनो तोडनेमा प्रचण्डमात्रै छैनन्, बाबुरामले माक्र्सवादसितै साइनो तोडे, विप्लवले पनि पार्टीको नाम र दस्तावेजबाट माओवाद हटाएका छन् । तै पनि विप्लव क्रान्तिका लागि अझै चिन्तीत देखिन्छन् भन्ने भ्रम अझै छ । यहा“ भ्रम किन भनेको हो भने उनले माक्र्सवादको नया“ विकास गर्ने ‘महान् अभियान’मा आफू लागेको बताएका छन् र त्यसक्रममा उनी माक्र्सवाद–लेनिनवाद–माओवादबाट कहा“नेर कहिले चिप्लीने हुन् हेर्न केही समय लाग्ने छ । वैज्ञानिक समाजवाद, उत्तर साम्राज्यवाद, विश्वमा अझै पनि समाजवादी देशहरु विद्यमान रहेको(उत्तर कोरिया, चीन, क्युवाआदि), आरसिपि अमेरिकीका अध्यक्ष बब एभाकियन सही रहेकोजस्ता दिगभ्रमित विचारहरु उनमा रहेका छन् । माक्र्सवादमा नया“ चीज खोज्ने नाममा र सत्ता साझेदारीका नाममा उनी कहा“ कहा“ पुग्ने हुन् अहिले् नै भन्न कठिन छ । क्रान्तिकारीहरु माओवादीहरुका लागि यो (माके, एमाले र अन्य वामघटकहरुबीचको) ध्रुविकरण नेपालमा सर्वहारा क्रान्तिको भविश्यका लागि स्वागतयोग्य छ तै पनि वर्गसंघर्षका हिसावले क्रान्तिकारीहरु माओवादीहरुका लागि यो गठबन्धन ज्यादै पेचिलो बन्नको गएको छ ।

यहि जटील तथा चुनौतीपूर्ण परिस्थितिमा वामपन्थीको नाममा भ्रम दिन सफल यी सबैलाई चुनौती दिंदै यहि असोज २२ गतेदेखि २६सम्म नेपालको सुन्दर नगरी पोखरामा नेकपा(क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलन सानदार रुपले सफल भएको छ । अब नेपालमा मालेमावादी सिद्धान्त, विचार र संगठनका दृष्टिले यो मात्रै एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी रहन गएको छ । क्रान्तिकारी पार्टी रहनका लागि उक्त पार्टी संगठनहरुमा क्रान्तिकारीहरु टिक्न र अटाउन सक्ने लेनिनको शब्दमा रमाउन सक्ने वातावरण विकास गर्न पर्दछ । जुन पार्टीमा अवसरवादीहरु रमाउने अवस्था हुन्छ, त्यसको भविश्य भनेको दक्षिणपन्थी विसर्जनवाद नै हो । अहिले प्रचण्डको माओवादी केन्द्रमा अवसरवादीहरु रमाउने अवस्था थियो र एमालेवारे पनि सत्य हो । । यद्धपि उक्त पार्टीहरुमा खासगरी माओवादी केन्द्रमा अझै पनि क्रान्तिकारीहरु खुम्चेर बसेको अवस्था थियो । त्यसैले अब ती क्रान्तिकारीहरुका लागि अवसर र चुनौती थपिएको छ – एमालेका परिपक्व अवसरवादीहरुसित रमाउने कि क्रान्तिकारीहरुसित रमाउन माओवादी आन्दोलनको ध्रुविकरणमा सक्रिय बन्ने । संसदीय व्यवस्थालाई सदाको लागि अंकमाल गर्दै व्यक्तिगत लाभ हानी, पद र पैसाको भण्डारणमा रमाउने कि विगतको कष्टकर मार्ग –क्रान्तिको मार्गतर्फ एकत्रित बन्ने अहम् प्रश्न खडा भएको छ । माओवादी केन्द्र(माके)भित्रका माओवादीहरुका लागि एउटा अहम् सवाल खडा भएको छ – प्रचण्ड–बाबुरामसितै एमालेमा प्रवेश गरेर अनुभवी संसदवादी अवसरवादीहरुसित रमाउने कि त्यसमा विद्रोह गरी क्रान्तिकारीसित हातेमाले गर्दै नेपालको सर्वहारावादी क्रान्तिलाई अगाडि बढाउने ?

प्रचण्ड–बाबुराम अब माओवादी रहेनन् र विप्लवको नेतृत्वको पार्टी पनि माक्र्सवादमा नया“ विचारको विकासको नाममा चे, फोको र बब् एभ्याकियन पथमा अग्रसर देखिएको छ । त्यसैले अहिलेको क्रान्तिकारी माओवादी पार्टीको जिम्मेवारी भनेको बिचार रक्षाको प्रश्नले नै अहम् महत्व राख्दछ । यसका लागि आन्तरिक रुपमा वैचारिक संघर्ष र बाह्य रुपमा वर्गसंघर्ष सारमा वर्गसंघर्षको तीव्रता नै हो । विचारको रक्षा हो भन्ने मूल मन्त्रलाई आत्म सात गर्न आवश्यक छ । वर्गसंघर्ष विना विचारको रक्षा सम्भव छैन् । दलाल पु“जीपति, दलाल नोकरशाहाका विरुद्धको लडाई क्रान्तिकारी माओवादी पार्टीको केन्द्र विन्दु हो भने सामन्तवादका वांकी अवशेषहरुका विरुद्धको संघर्ष पनि अहिलेको उत्तिकै आबश्यक्ता हो । बरु सामन्तवादका वांकी अवशेषहरु के के छन् ? त्यसवारे एउटा निर्दिष्ट खाकाको विकास आवश्यक छ । अनिमात्रै पार्टीले क्रान्तिको केन्द्र पहिचान गर्न सक्छ । दलाल पु“जीपति, दलाल नोकरशाहा विगतमा भन्दा झन संगठित र बलिया बनेका छन् । नेपालमा राष्ट्रिय पु“जीपति वर्गको अभाव देखिएको छ । राजनीति, अर्थ, समाज र सांस्कृतिका हरेक पक्षमा दलालीकरण अहिले मूल ट्रेड भएको छ र सर्वहारावर्गीय क्रान्ति नै अहिलेको लागि पनि आवश्यक र सम्भव दुवै छ । त्यसैले क्रान्तिकारी माओवादी पार्टीको राष्ट्रिय सम्मेलनका अगाडि निम्न अहम् सवालहरु छन्, जसको माओवादी सिद्धान्त र कार्यदिशाका आधारबाट खौज्नै पर्दछ । ती हुन्ः प्रथम पार्टी,मोर्चा र जवस नेतृत्वमा आमुल परिवर्तनको आवश्यकता र जरुरतलाई सम्वोधन गनर्«, दोस्रो क्रान्तिकारी युवादस्ताको निर्माण तत्कालको विषयका रुपमा समाधान खोज्नु र तेस्रो देशभक्त जनगणतान्त्रिक मोर्चालाई क्रान्तिको तीन जादुगरी हतियारमध्ये एक हतियारको सहयोगी मोर्चाको रुपमा विकास गर्दै जनताको बीचमा स्थापित गर्ने कार्यनीतिको विकास गर्नु ।

यिनै कुराहरुलाई मध्यनजर गरेर क्रान्तिकारी माओवादीले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनको उद्येश्यलाई यसरी किटान गरेको थियो । जसमा भनिएको छ–“साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध नया“ जनवादी क्रान्तिको तयारी गरौं । दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दै नया“ एकतावद्ध र क्रान्तिकारी पार्टी निर्माण गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन सफल पारौं ।”

दक्षिणपन्थी संशोधनवादीहरु अहिले वाम एक ठामको नाममा एकिकृत र जनताको नजरमा बलिया देखिएका छन् । त्यसको नकारात्मक असर क्रान्तिकारी कम्युनिष्टहरु माथि बलियो गरी आउने छ । पार्टी समर्थक जनता र नेता तथा कार्यकर्ताको रक्षाका लागि प्रथम क्रान्तिकारी युवादस्ताको निर्माण आवश्यकता बनेको छ भने संसदवादीहरुको केन्द्र माके र एमाले भएझै नेपालका क्रान्तिकारीहरुलाई पनि एकतावद्ध गर्ने महान अभियानमा पार्टी गम्भीर बनेर त्यसका लागि क्रान्तिकारीहरु बीच एकता र ध्रुविकरणको आव्हान गरेको मात्रै छैन्, इतिहासमै अबको क्रान्तिकारी नेतृत्व कस्तो ह«ने भनेर निम्न पांचवटा महत्वपूर्ण क्राइटेरियाहरु–प्रथम पूर्णकालिन हुनै पर्ने, दोस्रो नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्ति र आन्दोलनमा कम्तीमा दशवर्षको निरन्तरता भएको, तेस्रो पार्टीले खटाएको ठाउ“मा जाने, चौथो वैचारिक, राजनीतिक र सांगठनिक प्रष्टता भएको, पांचौ साम्राज्यवाद तथा विस्तारवादको आर्थिक भौतिक सहयोगमा सञ्चालित एनजीओ तथा आइएनजीओमा काम गरिरहेको हुन नहुने । तर तत्कालमा यदि कोही यो क्राइटेरियामा खरो उत्रिएको नदेखिएमा आगामी ६ महिनाभित्र यी सबै क्राइटेरियाहरुलाई पुरा गरेको हुने प्रतिवद्धता सहीत नया“ नेतृत्व निर्वाचित गरिएको छ । साथै केन्द्रीय समिति दुई अंक नबढाई जसमा एक चौथाई वैकल्पीक सदस्य जसमा उत्पीडित जाति, वर्ग, लिंग, मधेसी, थारु, मुश्लीम, उत्पीडित क्षेत्रआदिको प्रतिनिधित्व गर्ने युवाहर रहने र त्यसबाट भविश्यमा अझ बढता युवा क्रान्तिकारीहरु पार्टी नेतृत्वमा जाने एउटा दिशा निर्देश पनि गरेको छ ।

‘युद्धबाट युद्ध सिक्ने’ माओको दृघकालिन सैनिक रणनीतिलाई आत्मसाथ गर्दै सर्वहारावर्गको रक्षाका लागि आफ्नै सेना आवश्यक छ भन्ने महान अवधारणालाई सम्मेलनले आत्मसाथ गरेको छ । वर्तमान प्रतिक्रियावादी संसदीय नीर्वाचनलाई उपयोग गर्ने र बहिष्कार गर्ने सम्वन्धमा सम्मलेनमा उपयोग र बहिष्कारमा उठेका सबै मान्यताहरु र तर्कहरुलाई ठिक छन्न् भन्दै बहिष्कारको मान्यता राख्ने कमरेडहरुका मान्यतालाई पार्टीको सम्पत्तिका रुपमा राख्दै तत्कालका लागि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा अहिले यो नीर्वाचनलाई कार्यनीतिक रुपले जनताको बीचमा गएर उपयोगको कार्यक्रमलिएर समग्र संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय सम्मेलनले गरेको छ । नीर्वाचन उपयोगका दौरानमा नेकपा नामका दुई पार्टीहरु– विप्लव महासचिव रहेको नेकपा र कट्टेल अध्यक्ष रहेको नेकपा , मोहनविक्रम नेतृत्वको मसाल र रोहित नेतृत्वको मजदुर किसान पार्टीलाई एउटा मित्र पार्टीका रुपमा व्यवहार गर्ने निर्णय पनि गरेको छ । त्यसवाहेक विगतमा राष्ट्रियता तथा जनताका जनजीवीकाको आन्दोलनका लागि गठित ३३ दलीय मोर्चाभित्रका समूहहरुलाई पनि समेटेर लैजाने निर्णय पनि सम्मेलनले गरेको छ । यसरी प्रतिक्रियवादीहरुका ठूला दुई गठवन्धन–कांग्रेसको वरीपरीको तथाकथित लोकतान्त्रिक गठवन्धन र एमालेको वरीपरी रहेको माके लगायतको तथाकथित वामपन्थी गठवन्धनका विरुद्ध नेपालका उत्पीडित वर्ग, समूदाय तथा क्षेत्रका जनताको मूक्तिका लागि गठित अर्को क्रान्तिकारी तथा देशभक्त तथा वामपन्थीहरुको गठवन्धको आवश्यकता तर्फ सम्मेलनले संकेत गरेको छ । यसरी समग्रमा क्रान्तिकारी सिद्धान्त विचार, राजनीति तथा संगठनका हिसाव, अन्तरसंघर्षलाई लेनिनवनदी संगठनात्मक हिसावले हल गर्ने सम्बन्धमा यो सम्मेलन नेपाली क्रान्तिको रक्षा र विकसतर्फको एउटा कोशे ढुङ्गा सावित भएको छ । यसलाई कार्यान्वयनमा प्रभावकारी रुपले अगाडि बढाउन क.मोहवैद्य किरणको नेतृत्वमा गठित नया“ केन्दीय समिति सफल हुने छ भन्ने आशा तथा विश्वास अहिले यो सम्मेलनले मूर्तिकरण गरेको छ ।

यद्धपि अहिले जनताको नजरमा प्रतिक्रियवादीहरुका ठूला दुई गठवन्धन–कांग्रेसको वरीपरीको तथाकथित लोकतान्त्रिक गठवन्धन र एमालेको वरीपरी रहेको माके लगायतको तथाकथित वामपन्थी गठवन्धन भनेका नेपालको सन्दर्भमा माओले भनेझै दृघकालिन तथा रणनीतिक रुपमा ती सबै प्रतिक्रियावादीहरु तथा साम्राज्यवादीहरुका दलाल हुन, त्यसैले ती केबल कागजी बाघ हुन् । यद्धपि तत्कालका लागि(यो नीर्वाचनका लागि) ती सबै प्रतिक्रियावादीहरु साचै बाघजस्ता भएर आएका छन् र हामीले पनि तत्कालमै तीनको सामना गर्ने हैसियतको पार्टी, मोर्चा र जवस निर्माण गर्न आवश्यक छ । यो काममा सम्मेलन अगाडि बढेको छ । नामबाट र काम दुवैबाट माओवाद हटाउने चिन्तन र प्रवृतिका विरुद्ध दृडतापूर्वका संघर्ष गर्दै माओवादको झण्डालाई अझ उचाइमा उठाउन यो सम्मेलन सफल भएको छ ।