चीन यात्राबाट हल होलान् त राष्ट्रपति ट्रम्पसामु खडा चूनौति ?

चीन यात्राबाट हल होलान् त राष्ट्रपति ट्रम्पसामु खडा चूनौति ?

 

आजको बिश्वमा यस कुरामा कसैको द्ुइ मत छैन कि बिश्व राजनीतिमा जुन हलचल मच्चिएको छ त्यसका लागि पूर्णरुपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै जिम्मेवार छन् । उनले ‘अमेरिकालाई पुनः महान बनाउने’ जुन अमेरिका पहिलो(अमेरिका फस्र्ट)को चक्करमा लागेर बिश्वको  बर्तमान गति–क्रमलाई भंग गरिदिए र त्यसले गर्दा उनले यूरोप लगायत सारा एशिया तथा अफ्रिकी र ल्याटिन अमेरिकी देशहरुको स्वाभिमान र आत्मसम्मानलाई नै ठूलो चोट पु¥याए र  संकटमा धकेलिदिए । यस क्रममा पछिल्लो समय अमेरिका र ईज्रायल मिलेर ईरानमाथि जुन युद्धको कहर थोपरिरहेका छन् त्यस युद्ध बिभिषिकाबाट सारा बिश्व नै नराम्रोसँग प्रताडित भइरहेको छ । यसबाट बिश्वका अधिकांश देशहरु ठूलो ऊर्जा संकटको अपूर्ब स्थितिमा धकेलिएका छन् । आफुले सिर्जना गरेको यस्तो बिश्वब्यापी संकटको स्थितिमा पनि राष्ट्रपति ट्रम्प भने के घमण्ड र शेखी दर्शाउन पछि परेका छैनने भने अमेरिकासँग पेट्रोलियम तथा ग्यासको कुनै कमी छैन । वास्तवमा यो अमेरिकाको ठूलो हठधर्मिता उनले प्रकट गरिरहेका हुन् । जसले गर्दा बिश्वका बिकासशील एशियाली, अफ्रिकी तथा दक्षिण अमेरिकी देशहरुले यो इन्धन संकटको कुनै बिकल्प बर्तमानमा पाइरहेका छैनन् ।  यस्तो संकटपूर्ण बिश्व बातावरणमा अमेरिकी राष्ट्रपति चीनको यात्रा गरेर फर्केका छन् । चीनसँगका आफ्ना मतभेदहरु उनले के कत्तिको सुल्झाउन सके र बिश्वको बढ्दो संकटलाई टार्ने र पर सार्ने कुरा कत्तिको भरपर्दो र बिश्वसनीय तुल्याउन सके त्यो आगामि दिनमा देखिदै जाने छ ।

अहिले भने अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नै आन्तरिक र राष्ट्रिय समस्या हल गर्न आफैले सिर्जना गरेको अन्तर्राष्ट्रिय सकटको समाधान खोजेर अमेरिकी हित साध्न अमेरिकाका सबैभन्दा धनाढ्यहरुको समूहकासाथ लिएर चीनको भ्रमणमा गएका हुन् भन्ने कुरा चिनले नबुझेको छैन  । चीन जस्तो तीब्रतर बिकासको गतिमा अगाडि बढिरहेको र बिश्वको दोश्रो शक्तिशाली देश बनिरहेको अनि बिकासमा बिश्वकै पहिलो बन्ने दिशामा कम्मर कसेर लागेको देशले अमेरिकाको सहयोग बिना केही गर्न अर्थात् अघि बढ्न नसकोस् र सक्तैन भन्ने धेय अमेरिकी नेतृत्वको होला । तर चीन जसरी बहुतै तीब्र र बेगबान बिकास गतिमा अगाडि बढ्दैछ र एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुहरुमा समेत बिशाल लगानीकासाथ अग्रसर छ त्यसमा अमेरिकी नजर नपरोस् र कुनै बिघ्नबाधा नआओस् भन्ने कुरामा चीन सजग र चिन्तित रहेको देखिन्छ । अनि के पनि सत्य हो भने अमेरिका र चीन बीच परस्पर बिश्वासमाथि ठूलो सन्देह पनि कायमै छ । त्यसैको परिणाम हो कि कतिबेला ट्रम्प चीनमाथि उच्च ब्यापार कर लगाउने घोषणा गर्दछन् भने  कति बेला त्यो शुल्क घटाउने र हटाउने उपायहरुको खोजी गर्न थालेकोरुपमा पनि प्रस्तुत हुने गर्दै आएका छन् । यस प्रकारको द्वैध चरित्र र ब्यवहारले गर्दा चीनले अमेरिकी नेतृत्वलाई भरोसा गर्न सकिरहेको देखिदैन र ‘जस्तालाई तस्तै’ नीति अख्तियार गरेर चल्दै आएको देखिन्छ ।

यद्यपि चीनले बितेको १५ बर्षको कालखण्डमा आर्थिक मोर्चामा बिश्वमा जुन सम्बृद्धि हासिल गरिसकेको छ त्यसले गर्दा पनि अमेरिका र चीनका अर्थब्यबस्थाहरु एक अर्कामाथि निर्भर रहन बाध्य जस्तै बनेका छन्  । किनकि एकातिर चीन बिश्वको उत्पादन केन्द्र जस्तै बन्न पुगेको छ र सामान्य उपभोक्ताका सरसामानदेखि लिएर अति उच्च प्रबिधि सम्वन्धि सामाग्रीहरुको बिकासमा समेत उसको दबदबा बेगमान किसिमले निरन्तर बढ्दै गएको छ ।अर्कोेतिर अमेरिकाले पनि उच्च प्रबिधिको क्षेत्रमा अनुसन्धान तथा उन्नयनमा अझै पनि आफ्नो कब्जा जमाएकै छ । अहिले पनि अमेरिकाको बरीयता उसका बोइङ्ग बायुयानदेखि लिएर बिफ(मासुु) तथा भटमास उत्पादन तथा बार्ड आककप ट्रेड(बिश्वब्यापी कार्बन क्रेडिट बजार) आदिमा ठूलो संरक्षण प्राप्त रहेकोले अग्रगन्य बनिरहेको छ । त्यो बोर्ड अककफ ट्रेडको माध्यमबाट अमेरिकाले सेमी कण्डक्टर तथा कृत्रिम मेधा(आर्टिफिसिशयल इण्टेलिजेन्स)को क्षेत्रमा लगानी बढाएर चीनलाई अझै पनि पछि पारिरहेको छ । अमेरिका के चाहन्छ भने यस्ता क्षेत्रहरुको ब्यापार बढाएर उसले चीनसँगो कारोबारमा सन्तुलन ल्याउन सक्छ । किन पनि भने अमेरिकामा चीनले जे जति निर्यात गर्ने गर्दछ अमेरिका त्यसको सामुमा टिक्ने देखिदैन । अर्कोतिर चीन के चाहन्छ भने अमेरिकाले ताईवानको मामिलामा आफ्नो जिद्दी त्यागोस् र उसलाई त्यस्तो कुनै संबदनशील सहयोग नदेओस् । जहाँसम्म ब्यापारको सम्वन्ध छ चीनले के कोशिश गरिरहेको देखिन्छ भने अमेरिकाले चीन सँग उच्च प्रबिधिलाई साझा गरोस् र आयात ब्यापार शुल्क मुनासिब माफिक दर मात्र लागु गरोस् ।

तर अहिलेको ट्रम्पको चीन यात्राको सबैभन्दा प्रमुख र महत्वपूर्ण बिषय भनेको अमेरिकार र इज्रायल मिलेर ईरानमाथि थोपरेको युद्ध नै हो । यस लडाईमा ईरानको पक्षमा रुस तथा चीन यसरी खडा देखिदै आएका छन् कि जुनसुकै कुटनीतिक मोर्चामा उनीहरु दुबै ईरानको समर्थन गरिरहेका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा उनीहरुले अमेरिकाको प्रस्तावलाई असफल तुल्याइरहेका छन् । यद्यपि चिनले ईरानलाई प्रत्यक्ष सैन्य सहयोग गरेको देखिदैन । तर ईराको तेल खरिद गर्ने कुरा नियमितरुपमा यो युद्धकालमा पनि जारी राखेर चीनले ईरानको अर्थब्यबस्थामा आउन सक्ने युद्ध–संकटबाट बचाउने महत्वपूर्ण आर्थिक प्रयास जारी राखेको छ ।

अनि चीनले अमेरिकालाई दुर्लभ खनिज पदार्थहरुको आफूर्तिमा पनि निकै कञ्जुस्याई गरिरहेको छ । जबकि यस्ता दुर्लभ पदार्थहरुको सबैभन्दा ठूला्े बितरक चीन नै रहेको छ । यसकारणले पनि अमेरिकाको बाणिज्यिक बिकासमा निकै ठूलो समस्या परिरहेको बताइन्छ । यसैले यतिबेला चीन र अमेरिका दुबै नै ‘तिमी पात पात त म डाल डाल’को स्थितिबाट चलिहेको बिश्लेषकहरु बताउँदछन् । त्यसले गर्दा कुनै एउटाको शर्त अर्कोले स्वीकार्ने स्थिति छैन  र सम्झौता हुने स्थिति पनि बन्दैन ।  यसले समेत बिश्व ब्यवस्थाको क्रममा बिपरीत असर परिरहेको ज्ञाताहरु बताउँदछन् । किनभने पहिलादेखिनै कायम रहेको ब्यबस्था अन्तरगत बनेका नियामकहरु यसरी टुट्रदै गएका छन् कि कथित बिकसित यूरोपेली देश तथा बिकासशील एशियाली देशहरु यतिबेला एउटै पंक्तिमा खडा भएको देखिन थालेका छन् । यो संस्थागत तरीकाले बिश्व क्रमलाई उल्टाउने सुत्र बनिरहेको छ, त्यसको बिस्तार ट्रम्पले नै गरेको बतइदैछ । त्यसैले अहिलेको ट्रम्प र शी जिनपिङ्ग बीचको भेट बार्ताबाट धेरै कुरा नसुल्झेर प्रगाढता नआए पनि बिश्वमा केही हदसम्म स्थिरता  आयो भने  त्यसलाई अहिलेका लागि महत्वपूर्ण उपलब्धी मानिने छ । किनभने हमूर्ज जल डमरु क्षेत्रमा चलिरहेको लडाई नथपिदा र त्यो बाटो चालु रहँदा बिश्व अर्थतन्त्रमाथि परिरहेको असर कम भएर र घटेर जाने र पुरानै स्थिति बहाल हुनेछ ।

यस स्थितिमा चीनले कूटनीतिकरुपले अमेरिकामाथि ईरानमा स्थायी युद्ध बिरामको घोषणा गर्ने महत्पूर्ण उपाय खोज्न दबाब दिन सक्छ । अमेरिकाले त्यसो नगरे अमेरिकाले ताईवानलाई चीन बिरुद्ध हात हतियार आपूर्ति गरेजस्तै चीनले ईरानलाई आपूर्ति गर्न सक्छ । त्यसले. गर्दा अब फेरि पनि युद्ध जारी राख्नु भनेको पहिलेकोभन्दा भीषण आक्रमण, पत्याक्रमण घोर बिनाश र अपूर्ब संकट निम्त्याउनु बाहेक अरु केही हुनेछैन । अतः अत्यन्तै आवश्यक के छ भने अमेरिका र चीन दुई बिश्व महाशक्तिका बीच स्थिरताको उपयुक्त बातावरण बनोस् जसबाट बिश्व थप तनाब र बेचैनीमा फेरि नपरोस् । त्यसमा पनि ट्रम्पका लागि यो कुरा अझ महत्वपूर्ण किन हुन्छ भने उनको घरेलु राजनीतिक साख पनि गिर्दो अबस्थामा पुगेको छ । उनले आगामी नोभेम्बर महिनामा हुने मध्याबधी चुनावमा गिर्दो साखलाई बचाउन पनि चीनसँग केही महत्वपूर्ण र सकारात्मक सम्झौता गरेर खाली हात नफर्किनु पर्ने उनको बाध्यता नै बनेको छ । चीनले पनि यो कुरा राम्ररी नै बुझेको छ । त्यसैले ट्रम्पको चीन भ्रमणले बिश्वलाई के असर पर्ने हो त्यो अहिले लेखाजोखा र प्रतिक्षाको बिषय बनिरहेको छ ।