एजेन्सी । छुट्टटै गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको दार्जिलिङमा केही समययता जारी आन्दोलनकै क्रममा शुक्रबार पुनः हिंसा भड्किदा दुई जनाको मृत्यु भएको खबर छ । बिहान दार्जिलिङको तकवरमा अवस्थित लेपचा बस्तीको बन्र्सवर्ग चिया बगानमा सुरक्षाकर्मी र स्थानीय नेता विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको हो । विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले बिहानैदेखि खोजी अभियान तीव्र पारेपछि भएको झडपमा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु समाचार स्रोतले जनाएको छ । झडपमा मारिएका आन्दोलनकारीको भने सनाखत हुन सकेको छैन । घटनामा दर्जन बढी घाइते छन् । झडप जारी रहेको छ । सुरक्षाकर्मीले भने विमल गुरुङको अंगरक्षकको फायरिङबाट मल्लिकको मृत्यु भएको दावी गरेको छ । तर विमल गुरुङ पक्षधर आन्दोलनकारीहरुले उक्त आरोपको खण्डन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर